सिसडोलमा फोहोर फाल्न नदिने ककनी गाउँपालिका अध्यक्ष लामाको चेतावनी
		
	
नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले काठमाण्डौको फोहोर सिसडोलमा फाल्न नदिने चेतावनी दिएका छन ।
आईतबार प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले आयोजना गरेको राजधानीको फोहर व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा उनले सो कुरा बताएका हुन । अध्यक्ष लामाले फोहरका कारण सिस्डोल क्षेत्रमा रोगको सङ्क्रमण फैलिएर गाई, भैँसी, बाख्रालगायत चौपाया मर्न थालेका, जमीनमा उब्जनी घटेको, मानिसमा अनेकथरी स्वास्थ्य समस्या आउन थालेका गुनासो गरेका थिए ।
अध्यक्ष लामाले दुई वर्षलाई भनी सिस्डोलमा १४ वर्षदेखि फोहर फाल्दासमेत राम्रो व्यवस्थापन नभएको, फोहरको पहिराले सडक अवरुद्ध भई आवागमनमै समस्या भएकाले छिटो खोल्न सरोकार निकायको ध्यानाकर्षण समेत गरेका छन । गाउँपालिका अध्यक्ष लामाले सिस्डोलवासीलाई दिँदै आएको क्षतिपूर्ति वर्षौँदेखि नपाएकाले दशैँ अगावै दिन समेत आग्रह गरे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 













बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे





प्रतिक्रिया