तारुका–जोरचौताराको भाडा महँगो भएको भन्दै गाउँपालिकाको ध्यानाकर्षण

विदुर खबर २०७६ असोज ५ गते २१:४१

नुवाकोट । वैज्ञानिक भाडादर कायम गर्नुपर्ने माग गर्दे तारकेश्वर गाउँपालिकाका युवाहरुले गाँउपालिका अध्यक्ष रमेश वस्तीको ध्यानाकर्षण गरेका छन ।

Advertisement

तारुकाबाट उच्च शिक्षाका लागि काठमाडौंमा रहेका बिद्यार्थीहरुले तारुकाघाटदेखि जोरचौतारासम्मको भाडादर सरकारी मापदण्ड भन्दा बढी भएको भन्दै तत्काल समस्या समाधान गर्न ध्यानाकर्षण गराएका हुन । गाउँपालिकाको विभिन्न रुटमा चल्ने यातायात व्यवसायीहरुले सरकारी दररेटभन्दा बढी भाडा असुल्ने गरेको भन्दै समस्या समाधान गर्न गाउँपालिका अध्यक्ष वस्तीसँग आग्रह गरेका हुन ।

युवाहरुको गुनासो सम्बोधन गर्दे गाउँपालिकाका अध्यक्ष वस्तीले सबैसँग छलफल गरेर भाडाको विषयमा छिट्टै निर्णय गरि कार्यान्यन गर्ने बताएको नेपाल विद्यार्थी संघ एनआर कलेजका विद्यार्थी नेता दिपेन्द्र ढकालले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया