पञ्चकन्या–काठमाडौँ सम्पर्क समितिद्धारा उत्कृष्ट विद्यार्थीलाई सम्मान

विदुर खबर २०७६ असोज ५ गते १५:५१

*नुवाकोट । नेपाली कांग्रेस पञ्चकन्या–काठमाडौँ सम्पर्क समितिले गत वर्षको एसईइ परिक्षामा गाउँपालिका भित्रबाट उत्कृष्ट स्थान हासिल गरेका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

Advertisement

शनिवार एक कार्यक्रमको आयोजना गरि सम्पर्क समितिले २४ जना विद्यार्थीहरुलाई सम्मान र पुरस्कृत गरेको हो । सम्मानित विद्याथीहरुलाई पुर्वमन्त्रिद्दय डा. रामशरण महत र अर्जुननरसिंह केसीले सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस नुवाकोटका सभापति जगदिशश्वर केसी , नेपाल तरुणदलका केन्दिय महासचिव भुपेन्दजंग शाहि, प्रदेश सदस्य कल्पना नेपाली जिसस नुवाकोटका प्रमुख सन्तमान तामाङ,कोषाध्यक्ष महेन्द्र थिङ, गाउँपालिकाकी उपाध्यक्ष सिता पराजुलि खड्का, महाधिवेशन प्रतिनिधि कृष्ण मिश्र, पुर्व उपसभापति यम थापा र सदस्यहरुको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया