जलवायु संरक्षणका लागि पेरिसमा भएको प्रदर्शन स्थगित

विदुर खबर २०७६ असोज ५ गते ११:५८

रासस/एएफपी । फ्रान्सको राजधानी पेरिसमा जलवायु संरक्षणका लागि गरिएको शनिबारको प्रदर्शनमा झडप भएपछि तत्कालका लागि प्रदर्शन स्थगित गरिएको छ।

Advertisement

फ्रान्सेली सुधारवादी प्रदर्शनकारीका अनुसार प्रदर्शनमा घुसपैठ हुँदा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि रोकिएका छन्।

‘शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएपछि थप जोखिम निम्तिनसक्ने कुरालाई मध्यनजर राख्दै जलवायु संरक्षणका लागि आयोजना भएको आन्दोलन तत्कालका लागि रोकिएको छ,’ प्रदर्शनको सह–आयोजक ग्रीनपिस समूहले आफ्नो ट्विटर ह्यान्डलमा उल्लेख गरेको छ।

Advertisement

प्रतिक्रिया