तुप्चेको हाम्रो सहकारीले दशैमा खसी बजार तथा कृषि मेला आयोजना गर्ने

विदुर खबर २०७६ असोज ३ गते २१:१२

नुवाकोट । विदुर नगरपालिका वडा नं. ७ तुप्चेमा रहेको हाम्रो सहकारी संस्था लिमिटेडले दसैंलाई लक्षित गरेर यस बर्ष पनि खसी बजार तथा कृषि मेला सञ्चालन गर्ने भएको छ ।

Advertisement

दसैंको लागि आवश्यक खसी बोकाको विकल्पमा चीनबाट आउने भेडा च्याङ्ग्रा रहेकोले तुप्चेमा रहेको हाम्रो सहकारी संस्थाले पछिल्लो सात वर्षदेखि यो अभियान सञ्चालन गर्दै आएको छ । तुप्चेको सोलेबजारमा असोजको १५ गते आयोजना गरिने वृहत्त खसी बजार तथा कृषि उपज मेलामा सहभागि हुन कृषक तथा उपभोक्ताहरुलाई आयोजकले आग्रह समेत गरेको छ ।
खसी बोका विक्रिको मेलासंगै किसानहरुले उत्पादन गरेका विभिन्न कृषिजन्य सामाग्रीहरुको समेत विक्रि हुने आयोजक संस्था हाम्रो सहकारी संस्था लिमिटेडका सन्तोष रिजालले बताए । गाउँमै पालेको खसी समान मुल्यमा खरिद गरेर यस बर्षकोे दसैंलाई सर्वसुलभ र भब्य बनाउन उक्त मेलाले सघाउने आयोजक संस्थाका ब्यबस्थापक प्रदिप अधिकारीले बताए ।

ग्रामिण भेगमा उत्पादन भएको कृषि अनाज विक्रि र प्रर्दशनीमा ल्याउन कृषकहरलाई आग्रह गर्दै सहकारी संस्थाले सामाग्री विक्रिको लागि राखिने स्टल निःशुल्क उपलब्ध गराउने भएको छ । खसी विक्रिका लागि आउने कृषकलाई सम्मान समेत गर्ने कार्यक्रम रहेको छ ।
साथै, आयोजकले यसबर्ष विक्रि गर्ने खसीको मुल्य समेत प्रस्ताब गरेको छ । मेलामा ल्याएको खसी तथा कृषि उपजहरुको विक्रि नभएका कृषकले घर लैजानु नपर्ने समेत आयोजकले जनाएको छ । विक्रि भएको खसी र सामाग्रीहरु हाम्रो सहकारी संस्थाले खरिद गरिदिने व्यवस्थापक प्रदीप अधिकारीले बताउनुभएको छ ।
साथै उक्त सहकारी संस्थाबाट ऋण लिएर खसी पालन गरेको कृषकहरुले विक्रि गर्न ल्याउने खसीको प्रतिकेजी थप १० रुपैयाँ सहकारीले कृषकलाई उपलब्ध गराउने व्यवस्थापक अधिकारीले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया