नुवाकोटमा डेङ्गुबाट प्रभावित हुनेको संख्या ११ पुग्यो

विदुर खबर २०७६ असोज २ गते २०:३२

नुवाकोट । नुवाकोटमा डेङ्गुका बिरामी थपिँदै गएका छन ।

Advertisement

गत सातासम्म ६ जना विरामी भेटिएकोमा यो बिहीबारसम्म थप ५ बिरामी थपिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । स्वास्थ्य कार्यालय नुवाकोटका राममणि घिमिरेले बिहीबारसम्म नुवाकोटमा डेङ्गुका बिरामीको संख्या ११ पुगेको बताए । उनले नुवाकोटमा डेङ्गुको संक्रमण फैलदै गएको भन्दै सबैले सावधानी अपनाउनुपर्ने बताए । जिल्लामा डेङ्गुका बिरामी थर्पिसँगै सबै स्थानीय तहमा डेङ्गुविरुद्ध ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको उनले बताए । थप ५ जना डेङ्गुका बिरामी विदुर नगरपालिका वडा नम्बर १ को त्रिशुलीबाट र वडा नम्बर ४ बट्टारबाट फेला परेको हो ।

कसरी सर्छ डेंगु ?
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो एक प्रकारको ज्वरो हो। यो रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी हुन्छ। ससाना पानीको पोखरीमा यसले फुल पार्छ। खास गरी वर्षाको पानी जम्ने टिनका डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यो लामखुट्टेले फुल पार्छ।

Advertisement

डेंग एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो। यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ। यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्छ।

यी हुन् लक्षणः
– डेंगुको प्रमुख लक्षण एक्कासि उच्च ज्वरो आउनु हो। यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ।
– असाध्यै टाउको दुख्ने
– आँखाको गेडी तथा आँखाको पछिल्लो भाग धेरै दुख्ने
– ढाड, जोर्नी तथा मांसापेशी दुख्ने
– शरीरमा बिमिरा आउने
– वाकवाकी लाग्ने
– पेट दुख्ने
– नाक वा गिजाबाट रगत बग्ने
– रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षण पनि देखा पर्न सक्छ

Advertisement

यी हुन् बच्ने उपाय
– डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ।
– पानी जम्न सक्ने भाँडाहरू जस्तै स् गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने
– पानीको ट्याङ्कीलाई लामखुट्टे छिर्न नदिने गरी छोपेर राख्ने
– कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने
– फूलदानीमा रहेको पानी हप्तामा दुईपटक फेर्ने
– यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउने
– सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटिलार्य जुनसुकै समयमा पनि झुलभित्र सुताउने
– लमखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मल्हम दल्ने
– घरका झ्याल ढोकामा जाली लगाउने
– घर वरिपरि सफासुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने ।

प्रतिक्रिया