आगामी विश्वकप नखेल्ने पारसको संकेत

विदुर खबर २०७६ असोज २ गते १९:०४

नुवाकोट ।  नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खड्काले २०२३ को विश्वकप खेल्ने संभावना कम रहेको बताएका छन् ।

Advertisement

सिंगापुर र ओमान जाने टोलीको घोषणा कार्यक्रममा कप्तान पारसले फिटनेसका कारण भन्दै यस्तो बताएका हुन ।उनले भने, “मेरो अहिलेको फिटनेसको अवस्था हेर्दा २०२३ को विश्वकपसम्म टीममा रहने संभावना कम देख्छु ।”कप्तान खड्काले रहरले मात्रै नहुने बताए । “अबको एक वर्ष कस्ता रहन्छ, त्यसैमा मेरो क्रिकेट करिअर भर पर्छ”, उनले भने ।

आफू धेरै समय राष्ट्रिय टीममा नरहने भएकाले युवा खेलाडीलाई ग्रुम गरेर जिम्मेवार बनाउन लागेको पनि कप्तान खड्काले बताए । टीममा नरहे पनि क्रिकेटमै सक्रिय रहने कप्तान खड्काले बताए ।

Advertisement

प्रतिक्रिया