बढी भाडा लिए कारवाही गर्ने नुवाकोट प्रहरीको चेतावनी

विदुर खबर २०७६ असोज १ गते २१:१७

नुवाकोट । नुवाकोट प्रहरीले चाडवाडको मौका छोपेर यातायात व्यवसायीले यात्रुसँग जथाभावी भाडा असुले कारवाही गर्ने जनाएको छ ।

Advertisement

“समुदाय प्रहरी साझेदारी“ अन्तर्गत बुधबार आयोजना गरिएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरिक्षक अबिनारायण काफ्लले बढी भाडा लिने यातायातका साधनहरुलाई ठाउँका ठाउँ कारवाही गर्ने बताए । त्यस्तै चाडपर्वको लागि विशेष योजना बनाएर चेकजाँचमा कडाइ गर्ने र नियम विपरित काम गर्नेहरुलाई कडा कारवाही गर्ने जिल्ला ट्राफिक प्रमुख विकल भट्टराईले जानकारी दिए ।

कार्यक्रममा नुवाकोटमा यातायात व्यवसायीहरुले सडकको अवस्था सुधार नभएको र यात्रुले बसका कर्मचारीलाई राम्रो व्यवहार नगरेको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए ।

Advertisement

प्रतिक्रिया