सांसद लामाले गरे विद्यालयलाई पोशाक सहयोग
नुवाकोट । प्रतिनिधिसभा सांसद बहादुर सिंह लामाले नुवाकोट जिल्लाको मेघाङ गाउँपालिकास्थित देउराली माध्यामिक विद्यालयका सम्पूर्ण विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरेका छन् ।
सांसद लामाले आफ्नो तलव भत्ताबाट विद्यालयका २ सय ६५ विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरेका हुन् । चालिसौं राष्ट्रिय शिक्षा दिवर्स वं ५३ औ अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा भाद्र २२ गते विद्यालय मै सम्पन्न एक कार्यक्रमकाबीच सांसद लामाले विद्यार्थीहरुलाई पोशाक वितरण गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले विद्यालय विद्यार्थीहरुको भविश्यको ज्योती भएकाले आफुले विद्यालयलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । आफूले जापान भ्रमणको क्रममा विद्यालयले जापानको विकासमा खेलेको भुमिका देखेर विद्यालयलाई सहयोग गर्न उत्पे्ररणा जागेको उहाँको भनाई छ ।
विद्यालयल नै विद्यार्थीहरुको भविश्य निर्माणकर्ता भएकाले विद्यालयलाई राज्यले महत्व दिनु पर्ने उहाँको भनाई छ । गर्मी महीनामा विद्यार्थीहरुलाई गर्मी मौसमको पोशाक आफूले सहयोग गरेको र जाडो मौसममा पनि न्यानो ज्याकेट वितरण गर्ने उहाँले प्रतिवद्धता जनाउनु भएको छ । यसअघि विद्यालय भवन निर्माणमा पनि सांसद लामाले ठूलो सहयोग गरेका थिए । सांसद लामाले प्रतिनिधिसभा सदस्य भएवापत आफूले पाउने तलव भत्ताबाट नुवाकोट जिल्लाका धेरै विद्यालयहरुलाई सहयोग गर्दै आएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

नुवाकोट । प्रतिनिधिसभा सांसद बहादुर सिंह लामाले नुवाकोट जिल्लाको मेघाङ गाउँपालिकास्थित देउराली माध्यामिक विद्यालयका सम्पूर्ण विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरेका छन् ।










विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि





प्रतिक्रिया