सांसद लामाले गरे विद्यालयलाई पोशाक सहयोग

विदुर खबर २०७६ भदौ २९ गते २२:००

नुवाकोट । प्रतिनिधिसभा सांसद बहादुर सिंह लामाले नुवाकोट जिल्लाको मेघाङ गाउँपालिकास्थित देउराली माध्यामिक विद्यालयका सम्पूर्ण विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरेका छन् ।

Advertisement

सांसद लामाले आफ्नो तलव भत्ताबाट विद्यालयका २ सय ६५ विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरेका हुन् । चालिसौं राष्ट्रिय शिक्षा दिवर्स वं ५३ औ अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा भाद्र २२ गते विद्यालय मै सम्पन्न एक कार्यक्रमकाबीच सांसद लामाले विद्यार्थीहरुलाई पोशाक वितरण गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले विद्यालय विद्यार्थीहरुको भविश्यको ज्योती भएकाले आफुले विद्यालयलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । आफूले जापान भ्रमणको क्रममा विद्यालयले जापानको विकासमा खेलेको भुमिका देखेर विद्यालयलाई सहयोग गर्न उत्पे्ररणा जागेको उहाँको भनाई छ ।

विद्यालयल नै विद्यार्थीहरुको भविश्य निर्माणकर्ता भएकाले विद्यालयलाई राज्यले महत्व दिनु पर्ने उहाँको भनाई छ । गर्मी महीनामा विद्यार्थीहरुलाई गर्मी मौसमको पोशाक आफूले सहयोग गरेको र जाडो मौसममा पनि न्यानो ज्याकेट वितरण गर्ने उहाँले प्रतिवद्धता जनाउनु भएको छ । यसअघि विद्यालय भवन निर्माणमा पनि सांसद लामाले ठूलो सहयोग गरेका थिए । सांसद लामाले प्रतिनिधिसभा सदस्य भएवापत आफूले पाउने तलव भत्ताबाट नुवाकोट जिल्लाका धेरै विद्यालयहरुलाई सहयोग गर्दै आएका छन् ।

Advertisement

 

प्रतिक्रिया