लिखु गाउँपालिकाद्धारा ठेक्का रद्ध गर्ने तयारी( भिडियो सहित)

विदुर खबर २०७६ भदौ २८ गते ८:०५

नुवाकोट । लिखु गाउँपालिकाले नदिजन्य पदार्थ उत्खननका लागि सम्झौता गरेको ठेक्का रद्ध गर्ने तयारी गरेको छ ।

Advertisement

गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठले ठेक्का सम्झौता गरेको निर्माण कम्पनि डि.जि प्रकाश कन्सट्रक्सनले सम्झौता गरे अनुसारको रकम बैंकमा जम्मा नगरेको भन्दै सम्झौता रद्ध गर्न लागिएको जानकारी दिए । उनले आफुलाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत र निर्माण कम्पनिले धोका दिएको बताए । उनले २५ गते सम्झौता भएपनि अझै खातामा पैसा नआएको बताए । उनले कानुनविदको सल्लाह लिएर आफुहरु अगाडी बढ्ने बताए ।

 

Advertisement

त्यस्तै गाउँपालिकाले लगाएको ठेक्का तत्काल रद्ध गर्न माग गर्दे स्थानियबासीहरुले पनि माग गरेका छन । स्थानियबासीहरुले सरोकार समिति गठन गरेर गाउँपालिकासँग ठेक्का सम्झौता रद्ध गर्न माग गरेका छन । सरोकार समितिका संयोजक विनोद पाठकले बैक खातामा एक पैसा पनि नभएकोले अवैधानिक काम भएकोले कानुन अनुसार कारवाही गर्नुपर्ने बताए । उनीहरुले ठेक्का पाएको डि.जि प्रकाश कन्सट्रक्सनलाई कारवाहीको माग गरेका छन ।
गाउँपालिकाले निष्काशन गरेको नदीजन्य पदार्थ वालुवा,रोडा र गिट्टीको विक्रिको लागि डि.जि प्रकाश कन्सट्रक्सनले ३ करोड ५४ लाख ६ हजारमा ठेक्का पारेको थियो ।

 

Advertisement

यता ठेक्का पाएको डि.जि प्रकाश कन्सट्रक्सनका प्रकाश डंगोलल आफुले बैंकमा रकम जम्मा गरेको तर बैकको प्राविधिक त्रुटिले गाउँपालिकाको खातामा पैसा जान नसकेको बताए । उनले आईतबार विहान १० बजेसम्म गाउँपालिकाको खातामा रकम गैसक्ने बताए । ठेक्का सम्झौता भएपनि गाउँपालिकाको खातामा पैसा नगएपछि लिखु गाउँपालिकाले शुक्रबारदेखि नै डि.जि प्रकाश कन्सट्रक्सनले उठाएको विल खिचेर गाउँपालिका लगेको छ भने कर संकलन गर्न आफ्नै कर्मचारी खटाएको छ । यस विषयलाई लिएर आईतबार जिल्ला प्रशासन कार्यालयमा समेत गाउँपालिका र डि.जि प्रकाश कन्सट्रक्सनबिरुद्ध सरोकार समाजले मुद्धा दर्ता गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया