पहिरोले रोल्पामा एकै परिवारका दुईको ज्यान गयो, चार बेपत्ता
विदुर खबर
२०७६ भदौ २७ गते ११:५८
रोल्पा । थवाङ गाउँपालिकाको छेर्लाबाङमा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको छ ।
बिहीबार राति पहिरोले घर पुरेपछि खीलकुमारी बुढा र उनका छोरा असलको मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ ।
त्यस्तै पहिरोमा पुरिएर घरमा रहेका अन्य चार जना भने सम्पर्कविहीन भएका छन् । उनीहरुको परिचय खुलेको छैन । पहिरो बिहीबार राति नै खसे पनि नजिकै अरु घर नभएकाले बिहान मात्रै घटनाबारे थाहा पाएको प्रहरीले जनाएको छ ।
अहिले हराइरहेका चार जनाको खोजी भैरहेको छ । बुधबार रातिदेखि नै पानी परिरहेकाले त्यहाँका अरु घर पनि पहिरोको जोखिममा परेको स्थानीयले बताएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया