पञ्चकन्या गाउँपालिकामा सामुहिक पशु फर्म संचालनमा

विदुर खबर २०७६ भदौ २७ गते ७:२०

नुवाकोट । नुवाकोटलाई मासुमा आत्मनिभएर बनाउने उद्देश्यले पञ्चकन्या गाउँपालिका वडा नम्बर १ मा सामुहिक पशुपन्छि फर्म संचालनमा आएको छ ।

Advertisement

६० लाख रुपैयाँको लागानीमा संचालनमा ल्याइएको फार्ममा ५० ओटा भैसीको पाडो २ शय भन्दा माथी लोकल कुखुरा रहेका छन । नुवाकोटमा खपत हुने मासु केहि प्रतिशत मात्र जिल्लामा उत्पादन हुने र त्यसैलाई मध्नजर गदै १० जनाको समुहले ईन्दायणी पशुपन्छि फर्म संचालनमा ल्याएको ईन्दायणी पशुपन्छि फार्मका अध्यक्ष भगवान पौडेलले जानकारी दिए । कृषिलाई राज्यले महत्वका साथ लिए पनि राज्यले कृषक लाई दिने अनुदान बास्तबिक कृषकमा नपुगेको उनले बताए । कागज देखाएको भरमा राज्यले जो कोहीलाई कृषक मानेर प्रोत्साहान गर्दा बास्तबिक कृषक मर्कामा पर्ने गरेको पौडेलको भनाई ।

फार्ममा रहेका सबै जना व्यवसायी फरक फरक व्यवसायबाट आएका छन । छुट्टै व्यवसायमा रहेपनि कृषि क्षेत्रलाई प्रर्वदन गर्ने उदेश्यले विदेशको मोह छोडेर आफुहरु पशुपन्क्षिी व्यवसायमा लागेको अर्काे संचालक राजु केसीले बताए । नुवाकोटमा पछिल्लो समय युवापुस्ता व्यवसायिक माछापालन, कृषि व्यवसायमा लागेपनि उनीहरुलाई राज्यले प्रोत्साहन नगर्दा उनीहरु मार्कामा परेका छन ।

Advertisement

प्रतिक्रिया