नुवाकोटमा २ जनामा डेंगु भेटियो, सावधानी अपनाउन आग्रह

विदुर खबर २०७६ भदौ २६ गते ८:३८

नुवाकोट । नुवाकोटमा २ जनामा डेंगु भेटिएको छ । प्रदेश नम्बर ३ को सामाजिक विकास मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्री युवराज दुलालले नुवाकोटमा दुई जना डेंगुका विरामी भेटिएको जानकारी दिए  ।

Advertisement

प्रदेश नम्बर ३ को चितवनमा १ हजार ४ सय ६० जना , काठमाडौंमा १ हजार ३ सय ४५ जना, मकवानपुरमा ७ सय ९१ जना, ललितपुरमा १ सय ५ र भक्तपुरमा ९६ डेंगुका बिरामी फेला परेको सामाजिक मन्त्री दुलालले बताए । यसैगरी, धादिङमा २३, काभ्रेपलान्चोकमा ६ र सिन्धुपाल्चोकमा १ जना फेला परेको उनले बताए ।
दोलखा, रामेछाप, सिन्धुली र रसुवा डेंगुका रोगी नभएको मन्त्रालयका प्रवक्ता सतिश विष्टले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।

सामाजिक विकास मन्त्रालयले डेंगु नियन्त्रण गर्न प्रदेशका सम्पूर्ण नागरिकलाई ‘खोज र नष्ट’ अभियानमा सहभागी हुन आह्वान गरेको छ । प्रत्येक शनिबार बिहान ७ बजेदेखि ८ बजेसम्म आफ्नो क्षेत्रमा सामूहिक रूपमा सरसफाइ गर्ने, डेंगुका लार्भा खोज र नष्ट गर्ने अभियान चलाउन मन्त्रालयले आह्वान गरेको छ । समुदाय सक्रिय र सजग नभएसम्म डेंगु नियन्त्रणमा आउन नसक्ने भएकाले राजनीतिक दललगायत सम्पूर्ण क्षेत्रका समुदाय सामूहिक रूपमा यो अभियान सहभागी हुन मन्त्रालयले सबैसँग आह्वान गरेको छ । यो अभियान कात्तिक मसान्तसम्म सञ्चालन गर्ने जनाएको छ । मन्त्रालयले डेंगु प्रभावित जिल्लाका अस्पतालहरूलाई ५०÷५० थान झुल वितरण गरेको छ ।

Advertisement

कान्तिपुर दैनिकबाट

प्रतिक्रिया