नवसंजीवनी माविलाई शौचालय हस्तान्त्ररण

विदुर खबर २०७६ भदौ २५ गते २१:१९

नुवाकोट । नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर २ कबिलासमा रहेको नवसञ्जीबनि माद्यामिक बिद्यालयलाई शौचालय हस्तान्त्ररण गरिएको छ ।

Advertisement

एभरेष्ट बैक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत विद्यालयलाई निर्माण गरिदिएको शौचालयको बुधबार एक कार्यक्रमको आयोजना गरि हस्तान्त्ररण गरिएको हो । बकैले १० लाख ८९ हजार रुपैयाको आर्थिक सहयोगमा निर्माण गरिदिएको शौचालय बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण मिश्रलाई हस्तान्त्ररण गरेको हो । जिल्ला समन्वय समितिका सदस्य अभिनब फुयालको प्रमुख आतित्थ्यामा र एभरेष्ट बैक लिमिटेडका प्रदेश न ३ का प्रमुख बिष्णु ज्ञावालिले बिद्यालय ब्यबस्थापन समितिका मिश्रलाई शौचालयको चाबि हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा एभरेष्ट बैक लिमिटेडका मार्के्टिङ प्रमुख पुष्प उप्रेती र बट्टार शाखाका प्रमुख लगायत वडा सदस्य तथा बिद्यालय प्रतिनिधि जगदीश महत ,समाजसेवि बिमलकुमार मिश्र, भृगुरिसि मिश्र, सुमनकुमार महत लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया