नेपालले युएईलाई १ सय ६० रनले हरायो

विदुर खबर २०७६ भदौ २४ गते १९:११

नुवाकोट । एसिसी यु १९ एसिया कपको खेलमा नेपालले युएईलाई १६० रनले हराएको छ। २ सय ८६ रनको लक्ष्य पछ्याएको युएईले ३४.४ ओभरमा १२५ रन बनाउँदा सबै विकेट गुमाएको हो।

Advertisement

नेपालको बलिङसामु युएईका ब्याट्सम्यान सम्हालिन नसक्दा नेपालले ठूलो अन्तरको जित पाएको हो। नेपालको ब्याटिङ पनि यसअघिमा दुई खेलमा भन्दा राम्रो रह्यो।  बलिङमा सागर ढकालले ३ विकेट लिए। यस्तै पवन सर्राफ, सूर्य तामाङले र रसिद खानले २/२ साथै कमल सिंह ऐरीले १ विकेट लिए।

श्रीलंकाको कटुनाएकेमा भएको खेलमा युएईका सयद हैदरले ४१ बलमा १५ रन, विरित्ते अरविन्दले ३४ बलमा २८ रन, अलिशन सरफुले २६ बलमा २१ रन, ओसामा हसनले २८ बलमा १६ रन बनाए।  यसअघि युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेपालको ओपनिङमा रित गौतम र पवन सर्राफ रन नबनाई आउट भएका थिए। त्यसबाट दबाबमा परेको नेपाली ब्याटिङ आसिफ शेख र रोहित पौडेलले केही उकासेका थिए।

Advertisement

प्रतिक्रिया