प्रदेश ५ का मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत
२७ फागुन, काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत पाएका छन् ।
प्रदेशसभाको आइतबारको बैठकमा पोखरेलले विश्वासको मत मागेका थिए । उनको पक्षमा ६६ मत परेको छ भने विपक्षमा १८ मत परेको छ । एमाले प्रदेशसभा संसदीय दलका नेता पोखरेल माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको समृद्धि र राजधानीका विषयमा चर्चा गर्दै विश्वसको मत मागेका थिए ।
संसद बैठकमा उनले चिनीयाँ रेल लुम्बिनी ल्याउने सरकारको निर्णयलाई कार्यान्वयन गर्न सहयोग गर्ने बताए ।
पूर्ब-पश्चिम रेल प्रदेशमा डीपीआर अन्तिम चरणमा सबै क्षेत्रमा एकैपटक काम हुनुपर्ने भन्दै उनले रामग्रादेखि तिलौराकोटसम्म मोनोरेलको सम्भावनाको चर्चा गरेका हुन् ।
यस्तै बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले सबैलाई पायक पर्ने ठाउँमा राजधानी बनाउने बताएका छन् ।
दाङमा राजधानी बनाउने एजेण्डासहित चुनाव प्रचार गरेका मुख्यमन्त्री पोखरेलले विश्वासको मत माग्दै संसदमा भने-ँसबैलाई पायक पर्ने गरी राजधानी बनाउनुपर्ने र सहमतिका आधारमा सफलतापूर्वक समाधान गर्नुपर्नेछ ।’
सबैलाई पायक पर्ने गरी प्रदेशसभाबाट राजधानीको एजेण्डाको टंगो लगाउने उनको भनाइ थियो ।
यस्तै सम्बोधनका क्रममा मुख्यम मन्त्री पोखरेलले आवश्यकता अनुसार संरचना नहुँदा काम गर्न कठिन भएको गुनासो समेत गरेका छन् ।’अहिलेको अवस्थामा यहाँ पर्याप्त संरचना अभाब छ, काम गर्न असहज भएको छ ।’ उनले गुनासो गरे ।
उनले कानुन नबन्दा काम अडि्कएको छ भन्दै आर्थिक विधेयक पास भएपछि बजेटको काम सुरु गर्ने बताए ।
पहाडका ६ र तराईका ६ जिल्ला गरी १२ जिल्ला रहेको प्रदेश ५ मा धेरै किसिमको बिबिधता रहेको भन्दै उनले सबै जिल्लाहरुको मानव बिकास सूचकांक बराबरस्थितिमा पुर्याउने बताए ।
यस्तै साक्षरता, गरीबी, औषत आयु प्रदेशका सबै जिल्लामा समान बनाउने मुख्यमन्त्री पोखरेलले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटमा एमालेका उम्मेदवार तोकिए
हर्क साम्पाङले दिए मेयर पदबाट राजीनामा
वामदेव समूह आक्रोशित, नेकपाका १२ केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा
बागमतीमा एमालेले टुंग्यायो २८ उम्मेदवार
बालेन अब रास्वपाकाे वरिष्ठ नेता,गरे पदभार ग्रहण





प्रतिक्रिया