समुदायको सहयोगमा रेडियो मेलम्चीको भवन निर्माण
नुवाकोट । समुदायको सहयोगमा रेडियो मेलम्चीको तीनतले भवन निर्माण भइरहेको छ । स्थानीय सङ्ग्रहालय, सभाहल, पुस्तकालय, सूचना केन्द्रसमेत रहने सो भवनको अन्तिम ढलानको तयारी भइरहेको रेडियो मेलम्ची सञ्चालन समितिका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिनुभयो ।
सात वर्षअघि स्थापना भएको सामुदायिक रेडियो मेलम्ची यस भेगकै प्रभावकारी सञ्चार माध्यम हो । भाडामा बसेको घर २०७२ को भूकम्पमा भत्किएपछि तत्कालै बारीको पाटाबाट सञ्चालन गरी समुदायलाई सुसूचित गरेको थियो । अहिले समुदायको सहयोगमा आफ्नै भवन निर्माण कार्य भइरहेको छ । मेलम्ची नगरपालिकाले जग्गा उपलब्ध गराएपछि भवन निर्माण कार्य थालिएको हो । भवन निर्माणका लागि निर्वाचन क्षेत्र विकास कोषबाट दश लाख, ह्योल्मो–सिन्धु–मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिबाट दुई लाख रुपियाँ संस्थागत रुपमा प्राप्त भएको छ भने अरु रकम समुदायस्तरबाट सङ्कलन भइरहेको स्टेसन म्यानेजर देवराज सुवेदीले जानकारी दिनुभयो ।
रेडियोलाई माया गर्ने शुभचिन्तकहरुबाट पाँच लाखभन्दा बढी रकम प्राप्त भइसकेको साथै अरु आठ लाख रुपियाँ प्रदान गर्ने प्रतिबद्धतासमेत समुदायले जनाइसकेको स्टेसन म्यानेजर सुवेदीले जानकारी दिनुभएको छ । भवन निर्माण सम्पन्न गर्नका लागि करिब ६५ लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ । लोप भएसकेका र लोप हुने क्रमका विविध स्थानीय सामग्री, जस्तै ः खुर्पेटो, ढिकी, जाँतो, हर्पे, तुलो, ठेकी, घुम, घुमराडी आदि समावेश गरी स्थानीय सङ्ग्रहालय यसै भवनका स्थापना गरिने अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिनुभएको छ । उहाँका अनुसार जिल्लाका सबै जानकारी दिने सूचना केन्द्रका साथै, पुस्तकालयसमेत व्यवस्था गर्ने गरी यो बहुउद्देश्यीय भवन निर्माण थालिएको हो ।
अहिले भाडाको घरबाट सञ्चालित रेडियो मेलम्ची आफ्नै भवनबाट प्रसारणमा आउन सकेमा सहज हुने साथै गुणस्तरीय कार्यक्रम उत्पादन तथा प्रसारणमा सघाउ पुग्ने बताउनुहुन्छ सञ्चालक समितिका संस्थापक अध्यक्ष सरोज ढुंगाना ।समुदायलाई निरन्तर सूचना, सन्देश तथा मनोरञ्जन प्रदान गर्दै आएको रेडियो मेलम्ची यस भेगका समुदायका लागि प्रभावकारी सञ्चार माध्यम भएको छ । भूकम्पका बेला समुदायमा प्रभावकारी भूमिका निर्वाह गरेको थियो । घाइतेहरुको उद्धार, राहत तथा महामारीबाट बच्नका लागि सूचना सन्देश प्रसारण गरी समुदायको मन जित्न सफल भएको थियो ।
भूकम्पपश्चात तत्काल बारीको पाटाबाट सञ्चालित यस रेडियो डेढ वर्षसम्म पालमुनि खुला ठाउँबाट प्रसारण गर्नुपरेको पीडा सुनाउनुहुन्छ रेडियो कार्यक्रम प्रस्तोता दिपीन ढुंगाना । रेडियो भवन निर्माण गरी आउँदो माघ १० गते रेडियोको आठौँ वार्षिकोत्वसमा भवनको उद्घाटन गर्ने लक्ष्य रहेको अध्यक्ष भारतीले जानकारी दिनुभएको छ । भवन निर्माणका लागि रेडियोले सबैसँग सहयोगको अपील पनि गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटका रिमाल एमालेको केन्द्रीय सदस्यमा पनि पराजित
नेपालका दुई हात्ती कतार लगिए
रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै





प्रतिक्रिया