केरुङ निकास गर्न लागिएको गाईसहित म्यागङका दुईसहित पाँचजना पक्राउ

विदुर खबर २०७६ भदौ २१ गते २०:२३

नुवाकोट । नुवाकोटको विभिन्न स्थानबाट गाई संकलन गरि चीनको केरुङ पुराउने गिरोहलाई शनिवार जिल्ला प्रहरी कार्यालय नुवाकोटले विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

Advertisement

फक्राउ पर्नेमा म्यागङ गाउँपालिका वडा नम्बर ३ काहुलेका ३५ वर्षिय राज तामाङ र ५५ वर्षिय आइत तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । अन्य तीन जनाको भने नामा ठेगाना पत्ता लागेको छैन । पक्राउ परेका तामाङद्धयलाई बट्टार हावाघरबाट समातिएको हो भने अनय तीन जनालाई वेत्रावतिबाट समातिएको प्रहरीले बताएको छ ।
शनिबार विहान विभिन्न स्थानबाट गाई तस्करहरुले बट्टारको हावाघरमा करिव एक दर्जन गाई, र बाच्छाबाच्छी ल्याएर छाडेका थिए । केही गाईलाई तिमध्ये केही गाई हिलोको दलदलमा फसेको थियो । दलदलमा फसेको गाईलाई उद्धार देविघाटमा रहेको जबरजंग गणका सेना, नेपाल प्रहरी र स्थानिबासीले गरेका थिए ।

गाईलाई उद्धार गर्न अस्थाई प्रहरी पोस्ट बट्टार वसपार्कका इन्चार्ज केशवमान डंगोलसहितको टोली दिनभर सक्रिय भएका थिए । दिनभर गाईको उद्धारमा खटिएका छौ, दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेका छौ अस्थाई प्रहरी पोस्ट बट्टार वसपार्कका इन्चार्ज केशवमान डंगोलले विदुर खबरसँग भने । उनले आफुहरु उद्धारमा आउँदा गाई खाल्डोमा रहेको बताए ।

Advertisement

त्यस्तै स्थानियबासी मुरारी नेपालले प्रहरी र सेनाको सहयोगमा केही गाईको उद्धार गरिएको बताए । उनले गाई केरुङतर्फ निकास गर्न खोजिएको भन्ने जानकारी आएकोले घटनाको शुक्ष्म अनुसन्धान हुनुपर्ने बताए । उद्धार गरिएको करिव एकदर्जन गाईहरु हावा घरमा रहेको किरियापुत्रीको भवन निर्माणस्थलसँगै राखिएको छ । उद्धार गरिएको गाईलाई के गर्ने भन्ने विषयमा छलफल भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया