केरुङ निकास गर्न लागिएको गाईसहित म्यागङका दुईसहित पाँचजना पक्राउ
नुवाकोट । नुवाकोटको विभिन्न स्थानबाट गाई संकलन गरि चीनको केरुङ पुराउने गिरोहलाई शनिवार जिल्ला प्रहरी कार्यालय नुवाकोटले विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
फक्राउ पर्नेमा म्यागङ गाउँपालिका वडा नम्बर ३ काहुलेका ३५ वर्षिय राज तामाङ र ५५ वर्षिय आइत तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । अन्य तीन जनाको भने नामा ठेगाना पत्ता लागेको छैन । पक्राउ परेका तामाङद्धयलाई बट्टार हावाघरबाट समातिएको हो भने अनय तीन जनालाई वेत्रावतिबाट समातिएको प्रहरीले बताएको छ ।
शनिबार विहान विभिन्न स्थानबाट गाई तस्करहरुले बट्टारको हावाघरमा करिव एक दर्जन गाई, र बाच्छाबाच्छी ल्याएर छाडेका थिए । केही गाईलाई तिमध्ये केही गाई हिलोको दलदलमा फसेको थियो । दलदलमा फसेको गाईलाई उद्धार देविघाटमा रहेको जबरजंग गणका सेना, नेपाल प्रहरी र स्थानिबासीले गरेका थिए ।
गाईलाई उद्धार गर्न अस्थाई प्रहरी पोस्ट बट्टार वसपार्कका इन्चार्ज केशवमान डंगोलसहितको टोली दिनभर सक्रिय भएका थिए । दिनभर गाईको उद्धारमा खटिएका छौ, दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेका छौ अस्थाई प्रहरी पोस्ट बट्टार वसपार्कका इन्चार्ज केशवमान डंगोलले विदुर खबरसँग भने । उनले आफुहरु उद्धारमा आउँदा गाई खाल्डोमा रहेको बताए ।
त्यस्तै स्थानियबासी मुरारी नेपालले प्रहरी र सेनाको सहयोगमा केही गाईको उद्धार गरिएको बताए । उनले गाई केरुङतर्फ निकास गर्न खोजिएको भन्ने जानकारी आएकोले घटनाको शुक्ष्म अनुसन्धान हुनुपर्ने बताए । उद्धार गरिएको करिव एकदर्जन गाईहरु हावा घरमा रहेको किरियापुत्रीको भवन निर्माणस्थलसँगै राखिएको छ । उद्धार गरिएको गाईलाई के गर्ने भन्ने विषयमा छलफल भइरहेको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया