सुलक्षणा मावि विदुरका पुर्वप्रअ हरिराम भण्डारीविरुद अख्तियारमा मुद्धा

विदुर खबर २०७६ भदौ २१ गते ७:१८

नुवाकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुलक्षणा माध्यमिक विद्यालय विदुर, नुवाकोटका तत्कालीन प्रधानाध्यापक हरिराम भण्डारीसहित ३ जनाविरुद्ध विशेषमा मुद्दा दर्ता गरेको छ । उनीसँगै विद्यालयका शिक्षक केशवबहादुर बस्नेत र तत्कालिन विद्यालय निरीक्षक कुमारप्रसाद तिमल्सिनाविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

Advertisement

भण्डारी विद्यालयको शिक्षक रहेको अवस्थामा ३ वर्षे वेतलबी विदा लिई बैदेशिक रोजगारको लागि मलेसिया गएका थिए । उनले सेवा निवृत हुने समयमा वेतलबी विदा बसेका अवधिको गणना गरी सेवा सुविधा लिएका थिए । भण्डारीलाई सेवा सुविधा उपलब्ध गराउने निवृतिभरण प्रयोजनका लागि विद्यालयका निमित्त प्रअसमेत भएका बस्नेतले तयार गरी विद्यालय निरीक्षक तिमल्सिनाले तत्कालिन जिल्ला शिक्षा कार्यालयमा सिफारिस गरिदिएका थिए ।

यही सिफासिरसका आधारमा भण्डारीले शिक्षक कितावखानाबाट सेवानिवृत सेवासुविधा लिएको पुष्टि भएको छ । तत्कालिन प्रधानाध्यापक भण्डारीसहित तीन जनाविरुद्ध अख्तियारले अनुसन्धान गरी मुद्दा दायर गरेको छ । अन्नपुर्ण पोस्टबाट

Advertisement

प्रतिक्रिया