बाढीपीडितलाई राहत दिन र क्षति न्यूनिकरण गर्न सांसद तामाङको माग
विदुर खबर
२०७६ भदौ १९ गते २२:०७
नुवाकोट । सत्तारुढ नेकपाका सांसद् हितबहादुर तामाङले वर्षात्पछिको बाढीले नुवाकोटका विभिन्न ठाउँमा क्षति पुर्याएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद तामाङले बाढीले करोडौंको धनमाल र सयौं रोपनी धानबालीमा क्षति पुर्याएकोले राहत र क्षतिपूर्ति दिलाउन कृषि तथा पशुपन्छी विकास, उर्जा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग जोडदार माग गरे । उनले जिल्लामा तीनै तहका जनप्रतिनिधिसहित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायको संयुक्त बैठकपश्चात् स्थलगत निरीक्षण गरी राहतको लागि पहल गरिसकिएको बताए । ‘हामी ३ तहका जनप्रतिनिधिसहित सुरक्षा निकायका प्रमुख, प्रजिअ र सिँचाई कार्यालय प्रमुखहरु गएर निरीक्षण र अवलोकन गर्यौं, त्यहीं जनप्रतिनिधि, सिडीओ लगायतको एउटा बस्यौं’, उनले भने, ‘क्षति न्यूनिकरण गर्न, राहत दिन आग्रह र निर्देशन दियौं ।’
यही भदौ १४ गतेको भीषण वर्षात्पछिको बाढीले जिल्लाका तादी गाउँपालिका २, ३ र ४ वडामा ठूलो मात्रामा धनमाल नस्ट गरेको थियो । सांसद तामाङका अनुसार त्यस क्षेत्रका दुई घरमा क्षति पुर्याएको थियो भने चार गाईगोरु, दुई राँगा, तीन खसी बाख्रा मरेका थिए । त्यस्तै सिम्ले भन्ने ठाउँमा कोसगाडे र सातबिसेमा करिब ३ सय रोपनी खेत क्षति पुर्याएको थियो भनर पुल भत्किएको छ । सोही दिनको भलबाढीले गर्दा ककनी-बालाजु खण्डको ओखरपौवामा सडकमा पहिरो गएर यातायातका साधन आवतजावतमा समस्या भएको छ । छहरे टोखा सडक खण्डमा पनि विभिन्न ठाउँमा पहिरो झरेकाले नुवाकोटका साथै रसुवा, उत्तरी धादिङका मानिसहरुलाई आवतजावतमा समस्या परेको भन्दै सांसद तामाङले चाँडो मर्मतका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












ब्लोदान नुवाकोटको अध्यक्षमा ढुङ्गाना
एमालेमा ओली पक्षसँग भौतिकरुपमै भिड्ने तयारीमा पोखरेल समुह
बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी एमाले भन्दा ठूलो दल बन्यो
नुवाकोटमा लोकप्रियता बढाउँदै डा. प्रकाश महत
रसुवामा एक वृद्धको भिरबाट लडेर मृत्यु





प्रतिक्रिया