मेलम्ची खानेपानी आयोजनामा हवाई फायर

विदुर खबर २०७६ भदौ १९ गते १८:३८

नुवाकोट । मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथानमा आयोजनाबाट पीडित स्थानीय मजदुर तथा वितरकहरुले बिहीबार प्रदर्शन गरेका छन् ।

Advertisement

प्रदर्शनकारीको भिडले सेनामाथि नै ढुंगामुढा प्रहार गर्न थालेपछि सेनाले हवाई फायर र अश्रु ग्याँस प्रहार गर्नुपरेको थियो । प्रदर्शनकारीले सेनामाथि नै ढुंगामुढा गर्न थालेपछि ८ राउण्ड हवाई फायर र २ राउण्ड अश्रुग्याँस प्रहार गरिएको सशस्त्रका प्रहरी निरीक्षक मणिराम लामिछानेले बताउनु भयो ।

प्रदर्शनका क्रममा सशस्त्र प्रहरीका २ जवान घाइते भएको र प्रदर्शनकारीतर्फ कसैलाई केही नभएको निरीक्षक लामिछानेले जानकारी दिनुभयो । हवाई पायर र अश्रु ग्याँस प्रहारपछि अहिले अम्बाथानको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

Advertisement

आयोजना पीडितहरुले आयोजनाको काम रोक्नका लागि अनिश्चित समयका लागि साइट कार्यालय केही दिनदेखि बन्द गर्दै आएका थिए । उनीहरुले बुधबार आयोजनाको साइट कार्यालय मेलम्चीमा शान्तिपूर्ण र्‍यालीसहित कोणसभा गर्दै आयोजनाबाट पाउनुपर्ने रकम भुक्तानी नभएसम्म कुनै पनि निर्माण कम्पनीलाई आयोजनामा काम गर्न नदिने बताएका थिए ।

प्रतिक्रिया