मेलम्ची खानेपानी आयोजनामा हवाई फायर
नुवाकोट । मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथानमा आयोजनाबाट पीडित स्थानीय मजदुर तथा वितरकहरुले बिहीबार प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीको भिडले सेनामाथि नै ढुंगामुढा प्रहार गर्न थालेपछि सेनाले हवाई फायर र अश्रु ग्याँस प्रहार गर्नुपरेको थियो । प्रदर्शनकारीले सेनामाथि नै ढुंगामुढा गर्न थालेपछि ८ राउण्ड हवाई फायर र २ राउण्ड अश्रुग्याँस प्रहार गरिएको सशस्त्रका प्रहरी निरीक्षक मणिराम लामिछानेले बताउनु भयो ।
प्रदर्शनका क्रममा सशस्त्र प्रहरीका २ जवान घाइते भएको र प्रदर्शनकारीतर्फ कसैलाई केही नभएको निरीक्षक लामिछानेले जानकारी दिनुभयो । हवाई पायर र अश्रु ग्याँस प्रहारपछि अहिले अम्बाथानको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।
आयोजना पीडितहरुले आयोजनाको काम रोक्नका लागि अनिश्चित समयका लागि साइट कार्यालय केही दिनदेखि बन्द गर्दै आएका थिए । उनीहरुले बुधबार आयोजनाको साइट कार्यालय मेलम्चीमा शान्तिपूर्ण र्यालीसहित कोणसभा गर्दै आयोजनाबाट पाउनुपर्ने रकम भुक्तानी नभएसम्म कुनै पनि निर्माण कम्पनीलाई आयोजनामा काम गर्न नदिने बताएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी





प्रतिक्रिया