रसुवागढी नाका हुँदै सेनाको ६३ वटा एपिसी नेपाल भित्रिए

विदुर खबर २०७६ भदौ १९ गते ९:३७

 

Advertisement

नुवाकोट । चीन सरकारले नेपाली सेनालाई राष्ट्र संघीय मिसन र विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्री सहयोग गरेको छ ।

चीनले सहयोगस्वरूप उपलब्ध गराएको सामग्री मंगलबार रसुवागढी नाका हुँदै बुधवार काठमाडौं भित्रिएको छ । मिसनका लागि आवश्यक आर्मोड पर्सनल क्यारिएर (एपिसी) उच्च सुरक्षाका साथ नेपाल ल्याइएको छ । मंगलबार रसुवागढीबाट ६३ वटा एपिसी नेपाल भित्रिएका छन् । चीनले नेपाली सेनालाई राष्ट्रसंघीय मिसनमा जान चाहिने सामग्री उपलब्ध गराउँदै आएको छ । गत असारमा प्रधानसेनापति पूर्णचन्द्र थापा र चिनियाँ समकक्षीबीच सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । सन् १९५८ देखि मिसनमा सहभागी हुन थालेको नेपाल सरकारले शान्ति सेना १० हजार पु¥याउने नीति लिएको छ । राष्ट्रसंघीय मिसनमा तीनवटा कम्पनी पठाउन तयार भएको जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक विज्ञानदेव पाण्डेले बताए ।

Advertisement

अहिले चीनबाट आएको एपिसी मिसनमा पठाइनेछ । चीन सरकारले उपलब्ध गराएको सामग्री आपूर्ति तथा परिवहन निर्देशनालयको व्यवस्थापनमा गरिएको हो । रसुवास्थित नेपाली सेनाको कालीजंग गणले त्यहाँको आवश्यक सुरक्षा व्यवस्थापन गरेको थियो । प्रधानसेनापति थापाले गरेको सहयोग सम्बन्धी सम्झौता अनुसारका सामग्री आउन करिब डेढदेखि दुई वर्षसम्म लाग्नेछ ।

‘सम्झौता हुनेबित्तिकै सामग्री आउँदैन,’ उनले भने, ‘सम्झौता भएको डेड वर्षदेखि दुई वर्षपछि मात्रै सहयोग उपलब्ध गराउँछ ।’ अहिले आएको सामग्रीको पहिल्यै सम्झौता भएको थियो । गत असारमा भएको सम्झौताअनुसार चाहिँ चीनले नेपाली सेनालाई १५ करोड युआन (करिब २ अर्ब ४० करोड रुपैयाँ) बराबरको सैन्य सामग्री सहयोग गर्नेछ । रसुवागढी नाका २०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । भारतले नाकाबन्दी गरेको समयमा चीनले उपलब्ध गराएको तेल यही नाका हुँदै भित्रिएको थियो। २०७४ सालमा चीनले रसुवागढीलाई अन्तर्रा्ष्ट्रिय नाका घोषणा गरेपछि सामग्रीको आयात निर्यात बढ्दै गएको छ ।

Advertisement

प्रतिक्रिया