नुवाकोटको ककनीमा मोटरसाईकल र्दुघटना हुँदा एक जनाको मृत्यु

विदुर खबर २०८२ भदौ १० गते २१:३४

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ काउलेस्थित पासाङल्हामु सडक खण्डमा मोटरसाईक र्दुघटना हुँदा एक जनाको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा ईलामको माईजोगमाई गाउँपालिका वडा नम्बर २ का ४० वषिय किरण राई रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी विक्रम लामाले जानकारी दिए । उनको उपचारको क्रममा काठमाण्डौको ग्रिन सिटी अस्पतालमा मृत्यु भएको हो ।

आईतवार विहान साढे १२ बजे नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ मा काठमाण्डौबाट रानिपौवातर्फ आउँदै गरेको बा.प्र.०२–०५५ प ५१४४ नम्बरको मोटरसाईकल.आफै अनियन्त्रित भई सडकबाट करिव १० मिटर तल खोल्सामा खसेको थियो ।
र्दुघटनामा पनिर गम्भीर घाइते भएका उनको टाउकोमा र मुखमा गम्भिर चोट लागेको थियो ।

Advertisement

उनलाई स्थानिय स्वास्थ्य संस्थामा सामान्य उपचार गरेपछि थप उपचारको लागी काठमाण्डौ लगिएको थियो ।

प्रतिक्रिया