गोंगबुको गेस्टहाउसबाट तीनजना पक्राउ
विदुर खबर
२०८२ भदौ १० गते १३:४६
नुवाकोट । गोंगबु पवित्रनगरस्थित एक गेस्टहाउसबाट प्रहरीले अवैध लागू औषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ ।

रम्भादेवी गेस्ट हाउस अवैध लागुऔषध खैरो हिरोइनको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले ५० ग्राम खैरो हेराइनसहित तीन जनालाई सोमबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौं तार्केश्वर मनमैजु बस्ने दाङ घोराही उपमहानगरपालिका-१० घर भएका ३२ वर्षीय निरोज कुँवर, काठमाडौं सामाखुशी बस्ने भक्तपुर सुर्यबिनायक नगरपालिका-६ घर भएका ३० वर्षीय सुभाष मिश्र र काठमाडौं बालाजु बस्ने धादिङ सिद्धलेक गाउँपालिका-३ घर भएका २८ वर्षीय सूर्यबहादुर थापा रहेका छन् ।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उक्त होटलको २०३ नम्बरको कोठा तलासी गर्ने क्रममा खैरो हेराइनसहित उनीहरूलाई पक्राउ गरेको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध





प्रतिक्रिया