धादिङको थाक्रेमा पहिरो, सडक अवरुद्ध
विदुर खबर
२०८२ भदौ १२ गते ६:४१
नुवाकोट । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिकाको सातकिलो भन्ने ठाउँमा पहिरो खसेपछि काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी नै अवरुद्ध भएको छ ।

पछिल्लोपटक आज बिहान साढे तीन बजेतिर पहिरो खसेर दुईतर्फी सडक अवरुद्ध भएको हो ।
सोही स्थानमा गएराति पनि एकपटक पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
राति खसेको पहिरो पन्छाएर केही घण्टा सवारी साधन चले पनि आज बिहान पुन: खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिए ।
उनका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया