कांग्रेस नुवाकोटको क्षेत्रिय सभापतिमा श्रेष्ठ र तामाङ निर्वाचित

विदुर खबर २०७६ भदौ १८ गते २१:३४

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको क्षेत्रिय सभापतिमा धुव्र श्रेष्ठ र जगतबहादुर तामाङ निर्वाचित भएका हुन ।

Advertisement

संघिय संरचना अनुसार कांग्रेस नुवाकोटको क्षेत्र नम्बर १ को सभापतिमा लिखु गाउँपालिकाका अध्ययक्ष समेत रहेका धुव्र श्रेष्ठ र क्षेत्र नम्बर २ मा जगतबहादुर तामाङलाई सभापतिको जिम्मा दिइएको हो । पार्टी कार्यालय विदुरमा केन्द्रिय प्रतिनिधीको उपस्थितिमा बसेको जिल्ला र क्षेत्रिय कार्यसमितिको संयुक्त वैठकवाट श्रेष्ठ र तामाङलाई क्षेत्रिय सभापतिको जिम्मा दिने सर्वसम्मत निर्णय गरेको नेपाली कांग्रेस नुवाकोटका प्रवक्ता राजु थापाले जानकारी दिए ।

प्रतिक्रिया