रामचन्द्र माविमा पूस्तकालय दिवस मनाईयो

विदुर खबर २०७६ भदौ १६ गते १८:४१

विदुर ।  विदुर नगरपालिका वडा नम्बर १० मा रहेको वेत्रावति रहेको रामचन्द्र माध्यामिक विद्यालयले विविध कार्यक्रमको आयोजना गरि १२ औ राष्टिय पूस्तकालय दिवस मनाईएको छ ।

Advertisement

“पठन सस्कृतिको पूर्वाधार, पुस्तकालयको बिकास र बिस्तार ” भन्ने मुल नाराका साथ पुस्तकालय दिवस भब्यताका साथ मनाईएको हो । दिवसको अवसरमा आधारभुत तहमा पठन सिप र पढ्ने बानीको बिकासमा लक्षित गर्दै बिभिन्न गतिबिधिहरु संचालन गरीएको थियो । दिवसकै अवसर पारेर कक्षा १ र २ का बालबालिकाहरुका लागि पठन प्रतियोगिता, कक्षा ३ का लागि स्मरण खेल प्रतियोगिता, कक्षा ४ र ५ का लागि चित्र लेखन प्रतियोगिता, कक्षा ६,७ र ८ का लागि “पूस्तकालयको महत्व” बिषयक निबन्ध प्रतियोगिता संचालन गरीएको थियो ।

प्रतियोगितामा विजयी भएका बिद्यार्थीहरुलाई बिद्यालयका प्रध्यानाअध्याक रामकृष्ण थापामगरले पुरस्कार बितरण गरेका थिए । कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिती, अभिभावक शिक्षक, बिद्यार्थी ,स्थानीयहरुको उपस्थिीती रहेको थियो ।

Advertisement

प्रतिक्रिया