पहिरोले पासाङल्हामु राजमार्ग अवरुद्ध, तादीको ६ घर बाढीको उच्च जोखिममा
विदुर। पासाङल्हामु राजमार्ग अन्र्तगत नुवाकोटको विभिन्न स्थानमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।
आईतबार विहान परेको बर्षाको कारण ककनी गाउँपालिका वडा नम्बर २ बाह्रमाइल र खानीखोलामा माथिबाट लेदो तथा पहिरो खस्दा पासाङल्हामु राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । अवरुद्ध सडक खुलाउने पहल भइरहेको प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।
यसैबिच शनिवार परेको राती परेको अविरल बर्षाको तादी गाउँपालिकाको ६ घर उच्च जोखिममा परेको छ ।
गाउँपालिकाको वडा नम्बर ३ कोष्टगाडे रहेको खहरेखोलामा आएको बाढीको कारण ६ घर उच्च जोखिममा रहेको गाउँपालिकाका प्रमुख नारायण पाण्डेले बताए ।
बाढीको कारण श्यामबहादुर थापा,सोमनाथ सापकोटाको घर उच्च जोखिममा रहेको बताइएको छ । यस्तै बाढीले हरि थापा, कृष्ण थापा, बासु थापा, शिशिर उप्रेती,शिब दाहाल,कुमार शिबभक्ति, गोबिन्दलाल पण्डित,कृष्ण प्रसाद लामिछाने,सुराम तामाङ,मछिन्द्र तामाङ,सुमन थापाको खेत बगाएको नुवाकोटका प्रहरी नायव उपरिक्षक थापाले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया