तातोपानी क्षेत्र पहिरो गएपछि स्याफ्रु–रसुवागढी सडकखण्ड अवरुद्ध

विदुर खबर २०७६ भदौ १४ गते ७:३२
फाईल फोटो

                                                                                                         फाईल फोटो

रसुवा ।  पहिरोको कारण रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक खण्ड अवरुद्ध भएको छ । गोसाईकुण्ड गाउँपालिका–२, तातोपानी क्षेत्र पहिरो गएपछि शुक्रबार रातिबाट सडक अवरुद्ध भएको हो ।

Advertisement

मुसलधारे पानी परिरहेकाले सडक खुलाउन नसकिएको रसुवागढी जलविद्युत् आयोजनाका प्रशासकीय अधिकृत टीका पौडेलले बताउनुभयो । पानी पर्न रोकिएपछि लोडर पठाएर काम सुरु गर्ने उहाँको भनाइ छ । वर्षाको समयमा यस क्षेत्रमा जलविद्युत् आयोजनाले सडक मर्मत गर्ने तथा पहिरो पन्छाएर सडक खुलाउने काम गर्दै आएको छ ।

प्रतिक्रिया