नुवाकोटका अधिकांश स्वास्थ्य संस्था न्यूनतम मापदण्डविहीन
नुवाकोट । नुवाकोटका अधिकांश स्वास्थ्य संस्था न्यूनतम मापदण्डविहीन रहेको पाइएको छ ।
नुवाकोटमा रहेको जिल्ला अस्पताल, स्वास्थ्य चौकीदेखिहरूले न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नल्याउँदा पनि उनीहरूमाथि कुनै कारबाही हुन सकेको छैन । न्यूनतम सेवा मापदण्डअन्तर्गत अस्पतालको सूचना प्रणाली व्यवस्थापन, सुशासन र व्यवस्थापन, पूर्वाधार, चिकीत्सकीय सेवा, फोहरमैला व्यवस्थापन, फार्मेसी, इमर्जेन्सी, ओपीडी, जनरल वार्डलगायत पर्छन् । स्वास्थ्य चौकीदेखि केन्द्रीय अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड तयार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए । मापदण्डअनुसार सेवाप्रवाहको मूल्यांकनसमेत गरिनेछ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले भने, ल्याब, ‘फार्मेसीको अवस्था, फोहरमैला व्यवस्थापन, सूचना प्रणाली व्यवस्थापनका आधारमा अंक निर्धारण हुन्छ ।’ न्यूनतम सेवा मापदण्डसँगै कार्यान्वयन विधिसमेत तय गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।अस्पतालको गुणस्तर बढाउन मापदण्डले महŒवपूर्ण भूमिका निर्वाह गर्ने सरोकारवालाले बताएका छन् । मुख्यतः मापनमार्फत अस्पतालहरूको सुशासन र व्यवस्थापन, चिकित्सकीय सेवालगायतको अवस्थाबारे जानकारी हुने बताइएको छ ।
जनस्वास्थ्य सेवा ऐन २०७५ मा स्वास्थ्य संस्था तथा सेवा प्रदायकले तोकिएको मापदण्डअनुरूप गुणस्तर कायम गरे÷नगरेको सम्बन्धमा सरकार र तोकिएको निकायले नियमन निरीक्षण, अनुगमन, अनुसन्धान र मूल्याकंन गर्न सक्ने उल्लेख छ । निरीक्षण, अनुसन्धान तथा अनुगमनबाट मापदण्डहरू पालना नगरी जनस्वास्थ्यमा प्रभाव पर्ने देखिएमा स्वास्थ्य संस्था स्थापना र सञ्चालनको स्वीकृति दिने निकायले त्यस्ता संस्था बन्द गर्ने आदेशसम्म दिन सक्ने ऐनमा उल्लेख छ ।सरकारी तथा निजी क्षेत्रबाट प्रवाहित स्वास्थ्यसम्बन्धी सेवाहरूको गुणस्तर निर्धारण, गुणस्तर नियमन हुने गरेको छ । देशभर रहेका जिल्ला, प्रादेशिक, स्थानीय तह मातहत रहेका अस्पतालहरूको न्यूनतम गुणस्तर मापनका आधार तयार गरिएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया