समाजसेवी श्रेष्ठद्धारा क्षेत्रपाल माविका विद्यार्थीहरुलाई साईकल वितरण
नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ४ मा रहेको क्षेत्रपाल माध्यामिक विद्यालयका २३ जना विद्यार्थीहरुलाई माउन्टेन साईकल वितरण गरिएको छ ।
स्थानिय युवा तथा समाजसेवि शैलेश श्रेष्ठले विद्यालयको तर्फबात गत असार २२ र २३ गते त्रिशुली माविमा भएको जिल्लास्तरीय ११ औँ राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम भएका विद्यार्थीहरुलाई साइकल वितरण गरेका हुन ।गाउँपालिकालाई ११औँ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा प्रथम बनाउन योगदान पुराएको भन्दै थप हौसला प्रदान गर्न समाजसेवीहरु शैलेस श्रेष्ठ र सन्तोष श्रेष्ठले संयुक्त रुपमा साइकल वितरण गरेका हुन् । विद्यार्थीहरुले कितावी ज्ञानको साथसाथै खेलको माध्यमबाट आफ्नो छुट्टै परिचय बनाउन चाहिरहेकोले उनीहरुको रुचीलाई मध्यनजर गर्दै हौसला प्रदान गर्न साइकल प्रदान गरिएको शैलेस श्रेष्ठले बताए ।
यस्तै क्षेत्रपाल माध्यामिक विद्यालयमा वार्षिक कार्ययोजना अनुसार तीज गीत नृत्य प्रतियोगिता सञ्चालन गरिएको छ । प्रतियोगितामा विद्यालयमा अध्ययनरत ११ समूहका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । दुई दाजुभाई शैलेस श्रेष्ठ र सन्तोष श्रेष्ठको आर्थिक व्यवस्थापनमा कार्यक्रममा सहभागीहरुलाई दर समेत खुवाइएको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर राइले जानकारी दिए । ।
कार्यक्रममा गाउँपालिकाा अध्यक्ष ध्रुव श्रेष्ठले नेपालीहरुले मान्दै आएको अनेकौँ पर्वहरुको विशेषता फरकफरक रहेकोले त्यसको जर्गेना गर्न विद्यालयका विद्यार्थीहरुलाई माध्यम बनाउदा प्रभावकारी हुने बताए । उनले गाउँपालिकाको तर्फबाट हरेक चाडपर्वलाई बचाइराख्न पहल गरिराख्ने प्रतिवद्धता जनाए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार
बाढीपीडितलाई २५ हजार र किसानलाई १० हजार दिने बेलकोटगढी नगरपालिकाको निर्णय





प्रतिक्रिया