तादी नदिमा उत्खनन गरिरहेको अवस्थामा तीन जना पक्राउ

विदुर खबर २०७६ भदौ १२ गते २०:२८

नुवाकोट ।  नुवाकोटको विभिन्न नदिमा अवैध उत्खनन गरेको भन्दै तीनजना पक्राय परेका छन ।

Advertisement

पक्राउ पर्नेमा बिदुर नगरपालिका वडा न ५ का रबिन कुमाल, मकवानपुर हेटौडा उपमाहानगरपालिका वडा नम्बर १४ का नरन आलेमगर र मकवानपुर हेटौडा उपमाहानगरपालिका वडा नम्बर १४ कै अशोक आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरिक्षक अबिनारायण काफ्लेले जानकारी दिए ।
उनीहरुलाई बिहीबार विहान २ बजे तादी प्रहरी चौकीबाट निस्कीएको प्रहरीको टोलीले बिदुर नगरपालिका वडा नम्बर ५ एक्लेफाटबाट पक्राउ गरेको हो ।

पक्राउ परेकाहरु विरुद्ध कर्तब्य पालनामा बाधा पु¥याएको भन्दै सार्वजनिक शान्ती बिरुद्दको कसुर अपराध मुद्दा अन्तर्गत कसुर दर्ता गरी जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट कानुन बमोजिम म्याद लिई आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पक्राउ परेकाहरुले लक गरिएको स्काभेटरको ताला फोडेर अवैध रुपमा तादी नदीबाट बालुवा उत्खनन कार्य गरी रहेको अवस्थामा प्रहरीले समातेको थियो । प्रहरीले प्रश्न सोध्दा पक्राउ परेकाहरुउल्टै प्रहरीसँग बादबिवाद गर्न पुगेको बताइएको छ ।  यहि साउन ३१ गते जिल्ला अनुगमन समितिको बैठकले नदीजन्य पदार्थको अवैध उत्खननको बिरुद्द अनुगमनलाई तिब्रता दिई नदीजन्य पदार्थहरु उत्खनन गरि रहेको अवस्थामा कुनै मेसिनहरु नदी किनारमा भेटिएमा तत्काल लक गर्ने निर्णय गरेको थियो ।

Advertisement

प्रतिक्रिया