नेपालले भुटानसंग प्रतिस्पर्धा गर्दै
विदुर खबर
२०७६ भदौ १२ गते १०:२४

नुवाकोट । भारतमा जारी पाँचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले बिहिबार (आज) भुटानसंग प्रतिस्पर्धा गर्दैछ ।
भारतको कल्याणी रंगशालामा नेपाल र भुटानबीचको खेल अपरान्ह १२:१५ मा सुरु हुनेछ । भुटानविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण छ । उपाधि जित्ने लक्ष्यसहित भारत गएको नेपाली टोलीलाई फाइनल पुग्न लिग चरणको अन्तिम खेल जित्नै पर्ने दबाब रहेको छ ।
तुलनात्मक रुपमा कमजोर टिम भुटानलाई पराजित गरे नेपाल फाइनलमा पुग्नेछ । नेपाल अन्तिम खेलमा भुटानलाई हराउने योजनासहित मैदान उत्रनेछ ।
सम्बन्धित
प्रतिक्रिया