रसुवा नुवाकोट पर्यटन समाजमा पूनः न्यौपाने
विदुर खबर
२०७६ भदौ १२ गते ९:४३
रमेश अधिकारी, नुवाकोट । रसुवा–नुवाकोट पर्यटन समाजको अध्यक्षमा पूनः बलराम न्यौपाने निर्बिरोध निर्वाचित भएका छन । सि डब्लु पार्टी हल कमलादीमा सम्पन्न साधारणसभा न्यौपाने अध्यक्षमा निर्बिरोध भएका हुन ।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड सञ्चालक समिती सदस्य तथा समाजका सल्लाहकार दिपक महतले रसुवा नुवाकोट पर्यटन समाजले पर्यटन क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्नुपर्ने तथा समाजको कार्यमा नेपाल पर्यटन बोर्ड सधै हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।टानका पूर्व अध्यक्ष तथा बरिष्ठ पर्यटन व्यावसायी सुमन पाण्डेले रसुवा नुवाकोट पर्यटन समाजसँग सहकार्य गरेर बृहत रुपमा गोलबद्ध गरी अघि बढ्ने र पूर्वाधार बिकासका लागि सहकार्य गर्न तयार रहेको बताए । कार्यक्रममा बरिष्ठ पर्यटन व्यावसायीद्धय दिपक महत र सुमन पाण्डेलाई प्रमुख सल्लाहकारमा मनोनित गरिएको थियो । यस्तै सल्लाहकारमा नाट्टाका प्रथम उपाध्यक्ष अच्युत गुरागाई, बरिष्ठ पर्यटन व्यावसायी बैकुण्ठ पाण्डे, गुरुङ पर्यटन व्यावसायी संघका अध्यक्ष अम्बिर गुरुङलाई मनोनित गरियो । समाजको अध्यक्षमा निर्बिरोध भएका बलराम पाण्डेले रसुवा र नुवाकोट क्षेत्रका पर्यटकीय गन्तव्यलाई नयाँ ढंगले प्रश्तुत गर्ने र सबैसँग हातेमालो गर्दै अगाडि बढ्न तयार रहेको बताए ।
कार्यसमिति सदस्यहरु निम्नअनुसार रहेका छन ।
१. अध्यक्ष दुर्गानाथ न्यौपाने (वलराम) सञ्चालक रसुवा ट्रेक्स
२. वरिष्ठ उपाध्यक्ष शिवप्रसाद लामिछाने, सञ्चालक आक्स नेपाल
३ उपाध्यक्ष कृष्णप्रसाद पाण्डे
४. उपाध्यक्ष दिनेशमान लामा, सञ्चालक हिमाली किचेन
५. उपाध्यक्ष केदार तामाङ, अध्यक्ष टुर्गान
६. उपाध्यक्ष गोविन्दराज पन्त, टिटिडिसी, पूर्व महासचिव
७. उपाध्यक्ष कुलप्रसाद न्यौपाने (सन्तोष), सञ्चालक टूर एक्सप्रेस भेईकल
८. महासचिव शिव अधिकारी (अविरल), अध्यक्ष गन्तय नेपाल गु्रप
९. उपमहासचिव– भुवनराज आचार्य
१०. सचिव दिनेश तामाङ
११. सह–सचिव रितु ग्यामम्दान
१२ .कोषाध्यक्ष तेम्बा लामा, सञ्चालक नाम्लाङ इकोटुरिजम
१३. कार्यसमिति सदस्य– इश्वर गुरुङ
१४. कार्यसमिति सदस्य – कृष्ण अधिकारी,
१५. कार्यसमिति सदस्य – उर्जा तामाङ
१६. कार्यसमिति सदस्य – शशि लामिछाने
१७. कार्यसमिति सदस्य प्रेमराज तिम्सिना
१८. कार्यसमिति सदस्य गगनराज न्यौपाने
१९. कार्यसमिति सदस्य युवराज पण्डित
२०. कार्यसमिति सदस्य केदार गजुरेल
२१. कार्यसमिति सदस्य विपिन लामा
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया