गेर्खु खोलाको कलभर्ट फेरि बगायो, पासाङल्हामु राजमार्ग अवरुद्ध
विदुर खबर
२०७६ भदौ ११ गते १९:४३

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ र १० मा रहेको गेर्खु खोलमा बनाइएको कलर्भट आज फेरि बगाएको छ ।
केहिबेरअघि परेको भारी वर्षाको कारण कलर्भट आज फेरि बगाएको हो । आज बगाएसँगै यो वर्ष कलभर्ट बगाएको यो सातौ पटक हो । कलर्भट बगाएसँगै पासाङल्हामु राजमार्ग अन्र्तगत नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १०, ११ र रसुवा जिल्लामा यातायात ठप्प भएको छ ।
सम्बन्धित
प्रतिक्रिया