यसकारण रवि लामिछानेको पक्षमा उर्लियो जनसागर

नुवाकोट । टेलिभिजन कार्यक्रम प्रस्तोला रवि लामिछानेको समर्थनमा मंगलवार चितवनस्थित नारायणी किनारमा जम्मा भएको भिडले सामाजिक सञ्जालमा तरंग पैदा गरेको छ ।
रविको पक्षमा हजारौं सर्वसाधारण जम्मा भए । लगभग राजनीतिक दलले आयोजना गर्ने आमसभामा जस्तै मान्छेहरुको भिड लाग्यो । धन्यवाद सभा नाम दिइइकाे उक्त कार्यक्रममा रविले राजनीतिक दलका नेताकै शैलिमा रविले सम्बोधन गरे । उक्त भिडको तस्विर सामाजिक सञ्जाल मार्फत सार्वजनिक भए लगत्तै विभिन्न टिका टिप्पणी सुरु भयो । कतिले भने ‘रविले यस किसिमको कार्यक्रम नगरेको भएपनि हुन्थ्यो ।’ कतिले यस्तो पनि भनेका छन् ‘यो भेडाहरुको भिड हो ।’
त्यस्ता टिप्पणीप्रति रविका समर्थकलाई चासो छैन । उनीहरु आग्रहको भाषामा भन्दैछन् ‘रवि अब राजनीतिमा आउ ।’ कतिपयले सामाजिक सञ्जालमा रविको तस्विर राख्दै लेखेका छन् ‘भावी प्रधानमन्त्री रवि लामिछाने ।’
पत्रकारिताका गुरु भनेर चिनिने भानुभक्त आचार्यले फेशबुकमा नारायणी किनारमा रविले सम्बोधन गरेको तस्विर राख्दै लेखेका छन् ‘नारायणी नदीको किनारमा भेडाहरुको भीड भनेर चित्त बुझाउने कि टेलिभिजनवाट आम सर्वसाधारणको चित्त बुझ्ने कार्यक्रम प्रस्तुत गर्ने ?’ उनले अगाडी लेखेका छन् ‘हाम्रा धेरैजसो कार्यक्रम नेतामुखी, व्यापारमुखी भए भन्ने सन्देश पनि होइन यो, सीधाकुरा जनतासंग कार्यक्रमको यस्तो प्रभाव होला भन्ने मैले सोचेकै थिइन् ।’ पत्रकार शालीकराम पुडासैनी प्रकरणमा मुछिएका रवि लामिछाने सोमवार अदालतको आदेशमा पाँच लाख धरौटीमा रिहा भएका थिए । रविको पक्षमा देखिको मासले उसको लोकप्रियता मात्रै मापन गर्दैन, राज्यपक्षले गरेको कमजोरीप्रति आम सर्वसाधारणमा देखिएको कुण्ठा पनि प्रतिबिम्बित गर्छ ।
प्रतिक्रिया