तिसवर्ष कटेपछि गर्नैपर्ने स्वास्थ्य परिक्षण
तीस वर्ष पुग्नुभयो ? चिकित्सकहरुको सल्लाह छ, अब नियमित स्वास्थ्य परिक्षण गर्न थाल्नुस् ।
बढ्दो उमेरसँगै शरीरमा विभिन्न समस्या निम्तने गर्छ । स्वास्थ्य परिक्षण गर्ने हो भने समयमै रोगको पहिचान हुनसक्छ । समयमै गरिएको उपचारले समस्या प्रारम्भीक चरणमै निदान हुन्छ । अतः हामीले हरेक वर्ष यी विविध आयामबाट स्वास्थ्य परिक्षण गर्नुपर्छः
रक्तचाप
यदी रक्तचाप १२०/८० देखि १३९/८९ मा छ भने वर्षमा एक पटक रक्तचापको जाच गराउनु उपर्युक्त हुन्छ । तर रक्तचाप १४०/९० भन्दा अधिक रहेमा भने तुरुन्तै चिकित्सकका जानुपर्छ ।
अन्यथा रक्तचापमा आएकेा गडबडीका कारण उच्च रक्तचापको खतरा बढ्नसक्छ । उच्च रक्तचाप भएमा पक्षघात, मुटु रोग, हृदयाघात, स्ट्रोक तथा मृगौला सम्बन्धि जटिल रोग लाग्नसक्छ ।
थाइराइड
अचानक तौल बढ्नु, मनस्थितिमा परिवर्तन आउनु, तनाव हुनु थाइराइडको लक्षण हो । विशेषगरी ३५ वर्षपछि महिलालाई थाइराइडको खतरा रहन्छ । थाइराइड जाँच गर्न रक्त परीक्षण आवश्यक छ ।
कोलेस्ट्रोल
निश्चित उमेरपछि मानिसमा देखिने विभिन्न समस्यामध्ये कोलेस्ट्रोल पनि एक हो । विलासी,जीवनशैली तथा गलत खानपनका कारण रगतमा उच्च कोलेस्ट्रोलको समस्या देखिन्छ, जसले मुटु सम्बन्धि विभिन्न समस्या ल्याउँछ ।
कोलेस्ट्रोलको मात्रा १३० भन्दा बढी भएमा स्वास्थ्यमा गम्भीर समस्या आउनसक्छ । त्यसैले त, चिकित्सक वर्षमा कम्तीमा एक पटक रगतमा कोलेस्ट्रोलको जाँच गराउन सल्लाह दिन्छन् ।
मधुमेह
गलत खानपान तथा बद्लिदो जीवनशैलीका कारण थुप्रैलाई मधुमेहको समस्या देखिन थालेको छ । मधुमेहको भएमा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँछ ।
शरीरले खानालाई शक्तिमा परिणत नसक्दा इन्सुलिनको कमी हुन थाल्छ, जसका कारण अन्य धेरै समस्या निम्तन्छन् । स्वस्थ मानिसले समेत वर्षमा कम्तीमा एक पटक रक्त परिक्षणद्धारा मधुमेह भएनभएको हेक्का राखीरहनुपर्छ ।
स्तन क्यान्सर स्क्रिनिङ
मेमोग्राफमार्फत स्तन क्यान्सरको स्कि्रनिङ गर्न सकिन्छ । विशेषगरी, ४० वर्ष पार गरेका महिलालाई हरेक दुई वर्षमा कम्तीमा एक पटक स्तनको मेमोग्राफ गराउने सल्लाह दिने गरिन्छ । स्तर क्यान्सर भएमा समयमै पत्ता लागोस् र उपचार गर्न सजिलो होस् ।
पाठेघरको मुखको जाँच
नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख हो । पाठेघरको मुखमा क्यान्सर भए/ नभएको पत्ता लगाउन पाठेघरको मुखको स्कि्रनिङ्ग गर्न सकिन्छ ।
स्कि्रनिङ्ग गर्दा पाठेघरको मुख तथा गर्भासय सुन्नीएको छ भने तुरुन्तै पत्ता लगाउन सकिन्छ । पाठेघरको मुखको क्यान्सर छ कि छैन भनेर पत्ता लगाउन पेप्स स्मेयर जाच गर्न सकिन्छ । तीस वर्षको उमेर कटेपछि हरेक तीन वर्षमा एक पटक पाठेघरको मुखको जाच गराउनुपर्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया