राष्ट्रिय फुटबल टिमले आज मलेसियन क्लबसंग मैत्रीपूर्ण फुटबल खेल्दै

विदुर खबर २०७६ भदौ ९ गते ७:४१

                                                फाईल फोटो ।

नुवाकोट, विश्वकप छनोट खेल्ने तयारीमा रहेको नेपालको राष्ट्रिय फुटबल टिमले आज (सोमबार) मलेसियन क्लबसंग मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

Advertisement

मलेसियन लिग च्याम्पियन क्लब जोहारसंग नेपालले मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । नेपालले कुवेतसंग खेल्दै विश्वकप छनोटको सुरुवात गर्नेछ । तर मलेसियन क्लबविरुद्वको खेललाई सोही छनोट प्रतियोगिताको तयारीको रुपमा हेरिएको छ ।अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टिमलाई विश्वकप छनोट अघि बलिया देशसंग अभ्यास खेल खेलाउने तयारी गरेको थियो । तर अन्तिम समयमा आएर मात्र मलेसियन क्लबसंग मैत्रीपूर्ण खेलको टुङ्गो लागेको हो । खेल स्थानिय समय अनुसार साँझ पौने ९ बजे सुरु हुनेछ ।

खेल निशुल्न हेर्न पाईने

Advertisement

मलेसियामा रहेका नेपाली फुटबल समर्थकले नेपाल र मलेसियन क्लबबीचको मैत्रीपूर्ण खेल निशुल्क हेर्न पाउने भएका छन् ।एन्फाले मलेसियामा हुने मैत्रीपूर्ण खेल रंगशाला गएर हेर्न कुनै शुल्क नलाग्ने जनाएको छ । एन्फाले रंगशालामा गएर नेपाली टिमलाई समर्थन गर्न समेत मलेसियामा रहेका सम्पुर्ण नेपालीमा अनुरोध गरेको छ ।

विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत समुह बीमा रहेको नेपालले एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताईपेसंग खेल्दैछ । नेपालले कुवेतसंग अवे म्याच खेल्दै छनोट प्रतियोगिताको सुरुवात गर्नेछ ।

Advertisement

कप्तानमा सुजल

मलेसियन क्लबविरुद्व हुने मैत्रीपूर्ण फुटबल खेलको कप्तानी सुजल श्रेष्ठले गर्ने भएका छन् । नियमित कप्तान विराज महर्जन टिम बहिर रहेको अवस्थामा सुजलले नयाँ कप्तानको जिम्मेवारी पाएका हुन् । यसअघि विराजको अनुपस्थितीमा नेपालको कप्तानी सम्हाल्दै आएका किरण चेम्जोङ जापानको तेस्रो डिभिजनको क्लबमा ट्रायल दिईरहेका छन् । सोही कारण मुख्य प्रशिक्षक योहान कालिनले सुजललाई राष्ट्रिय टिमको नयाँ कप्तान बनाउने तयारी गरेका हुन् ।

रोहित र किरण अनुपस्थित

ईन्डोनेसियामा लिग खेलिरहेको रोहित चन्द मैत्रीपूर्ण खेलमा अनुपस्थित रहनेछन् । तर उनी विश्वकप छनोट अन्तर्गतको खेलमा भने नेपाली टिममा समावेश हुनेछन् । यता नियमित कप्तान किरण चेम्जोङले समेत मैत्रीपूर्ण खेल गुमाउनेछन् । उनी जापानको तेस्रो डिभिजनको क्लबमा ट्रायल दिईरहेका छन् ।

प्रतिक्रिया