नुवाकोटमा फोटो प्रदर्शनी तथा फोटो प्रतियोगिता शुरु
नुवाकोट, विश्व फोटोग्राफी दिवसको अवसर पारेर नुवाकोटमा फोटो प्रदर्शनी तथा फोटो प्रतियोगिता शुरु भएको छ । भारत सरकारको सहयोगमा सञ्चालित सामाजिक प्राविधिक सहजीकरण परियोजनाको आयोजनामा भूकम्प पश्चातको नुवाकोटको जनजीवन झल्काउने र नुवाकोटको पुनर्निर्माण अवस्थालाई फोटोको माध्यमवाट प्रस्तुत गर्ने उदेश्यले नुवाकोटमा “लाईफ अफ नुवाकोट” नामक फोटो प्रतियोगीता तथा प्रर्दशनी आयोजना गरिएको हो ।
प्रतियोगिता तथा प्रदर्शनीमा नुवाकोटको जनजीवन विधाका उत्कृष्ट ३ र पुनर्निर्माण विधाका उत्कृष्ठ ३ गरी ६ जना फोटोग्राफरलाई पुरस्कार तथा सम्मानपत्र वितरण गरिएको थियो । जसमा नुवाकोटको जनजीवन विधातर्फ सुरज श्रेष्ठले पहिलो स्थान हात पारे भने विक्रम तिमल्सिना दोस्रो भए । यस्तै पुनर्निर्माण विधातर्फ सुवास श्रेष्ठले पहिलो र दोस्रो पुरस्कार प्राप्त पारे । यस्तै नुवाकोटको जनजीवन विद्यामा तेस्रो पनि भए उनी ।

पुनर्निर्माण विधातर्फ विक्रम तिमल्सिना तेस्रो भए । दुई विधामा वितरण गरिएको ६ वटा उत्कृष्ट फोटोमध्य सुवास श्रेष्ठको ३ वटा फोटोहरु उत्कृष्ट ठहरिए भने विक्रम तिमल्सिनाको २ वटा फोटो उत्कृष्ट भएको थियो । प्रदर्शनीमा लाईफ अफ नुवाकोट र पुननिर्माण गरी दुई विद्यामा ४९० तस्वीरहरु प्राप्त भएको थियो । जसमध्य उत्कृष्ट ७६ तस्वीहरु प्रर्दशनीमा राखिएको छ ।
३ जना स्वदेशी र १ जना विदेशी फोटोग्राफर निर्णायक मण्डलमा रहेका थिए । नुवाकोटमै पहिलो पटक फोटो प्रतियोगिता आयोजना गरी नुवाकोटको जनजीवन र पुनर्निर्माण झल्काउने प्रदर्शनीको उदेश्य रहेको थियो । यस्तै नुवाकोटको पर्यटन विकासमा टेवा पुर्याउने लक्ष्याका साथ यो प्रतियोगीता गरिएको प्रर्दशनीका संयोजन गरिरहेका किरण श्रेष्ठले जानकारी दिए ।
सोमबारदेखि शुरु भएको प्रदर्शनीको उद्घाटन जिल्ला समन्वय समिति नुवाकोटका प्रमख सन्तमान तामाङ्गले गरेका थिए । प्रदर्शनी २, ३ र ८ गते चल्नेछ । सोमबार मात्र करिब ३ सय जनाले फोटो प्रदर्शनी अवलोकन गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया