विदुर नगरपालिकाको कारण पृथ्वी मावि अस्तव्यस्त
नुवाकोट, नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ मा रहेको पृथ्वी माध्यामिक विद्यालय विदुर नगरपालिकाको कारण एक सातायता अस्तव्यस्त बन्न पुगेको छ ।
नगरपालिकाको शिक्षा शाखाले विद्यालयका केही शिक्षकहरुलाई हेरफेर गर्ने निर्णय गरेसँगै जिल्लाकै उत्कृष्ट विद्यालय अस्तव्यस्त बन्न पुगको हो । नगरपालिकाको शिक्षा शाखाले विद्यालयमा नेकपा निकटका कुनैपनि शिक्षक नरहेको भन्दै भैरुम माविका तारा श्रेष्ठलाई अंग्रेजी विषयको विषयगत शिक्षक बनाएर विद्यालयको प्रध्यानाअध्यापक बनाउने तयारी गरेसँगै पृथ्वी मावि अस्तव्यस्त बन्न पुगेको हो । विद्यालयका वर्तमान प्रध्यानाअध्यापक बावुराम लामिछानेलाई हटाउने र विद्यालयको नेतृत्व आफु निकटका शिक्षकलाई दिने नगरपालिकाको तयारी छ ।
विद्यालयमा अहिले पढाइरहेका अंग्रेजी शिक्षक वसन्तराज भट्ट निकै राम्रो भएपनि विद्यालयमा भैरुम माविका तारा श्रेष्ठलाई ल्याएर नगरपालिकाले विद्यालयमा राजनिति गर्न लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए । नगरपालिकाले गत बुधबार विद्यालयका अंग्रेजी विषयका विषयगत शिक्षकलाई हेरफेर गर्ने निर्णय गरेको थियो । विद्यालय व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले विद्यालयमा अहिले भइरहेको संरचनालाई कुनैपनि हालतमा नचलाउन आग्रग गरिएको अध्यक्ष श्रेष्ठले बताए । तर विदुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दिवाकर चापागाई भने आफुहरुले विद्यालयमा राजनिति नगरेको र मावि दरबन्दी नभएको अवस्थामा दरबन्दी मात्र पठाएको बताए । उनले शिक्षकहरु कुनैपनि राजनितिक दलका कार्यकर्ता नहुने भन्दै आफुहरले दलका कार्यकर्ता नभई विद्यालयमा शिक्षक पठाएको बताए ।
विद्यालयको शिक्षक हेरफेर गर्ने भन्ने निर्णय भएको सुनेको तर कुनैपनि आधिकारीक जानकारी नआएको विद्यालयका प्रध्यानाअध्यापक बावुराम लामिछानेले बताए । विद्यालयमा अहिले प्राइमरी तहका छ जना शिक्षकले निमावि पढाइरहेका छन । नगरपालिकाले शिक्षक हेरफेर गर्ने निर्णय गरेको सुन्नमा जानकारी आएको छ तर मलाई औपचारिक पत्र आएको छैन विद्यालयका प्रअ लामिछानेले बताए । विदुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दिवाकर चापागाई अहिले काठमाण्डौ रहेकोले आईतबार नुवाकोट आउने र विद्यालयलाई नगरपालिकाको निर्णय बुझाउने तयारी भएको नगरपालिका एक कर्मचारीले बताए । तर नगरपालिकाको नियत विद्यालयको शैक्षिक गुणस्तरमा धक्का दिएर निजि विद्यालयबाट मोटो कमिसन खाई विद्यार्थी निजिमा फर्काउने प्रयास भएको भन्दै अभिभावक नगरपालिकासँग रुष्ट भएका छन । अभिभावकहरुले नगरपालिकाको यस्तो अपरिपक्क निर्णयले बालबालिकाको भविष्यमाथि खेलवाड हुने बताएका छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया