पत्रकार लामिछानेलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

नुवाकोट, जिल्ला अदालत, चितवनले ‘सीधाकुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको एकल इजलासले म्याद थप गरेको प्रहरीको भनाइ छ । पत्रकार रवि लामिछानेका समर्थकहरुले अदालतमा उपस्थित गराउनुअघि प्रदर्शन गरेका थिए । लामिछानेको यथाशिघ्र रिहाईका माग गर्दै प्रदर्शन गरेका थिए । समर्थकहरुले नाराबाजी गरिरहेको समयमा प्रहरीले पत्रकार रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराएको थियो ।
आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा ‘सीधाकुरा जनतासँग’ कार्यक्रमका सञ्चालक रवि लामिछाने र संचारकर्मी युवराज कंडेललाई प्रहरीले चितवन जिल्ला अदालत पु¥याएको थियो । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि छोडेको भिडिओमा उनीहरूको नाम लिँदै केही आरोपहरू लगाएका थिए । चितवनको कंगारु होटलमा पत्रकार पुडाशैनीले साउन २० गते आत्महत्या गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया