रसुवामा विद्युत् खपत घट्यो
विदुर खबर
२०७६ साउन २९ गते ८:०५

रसुवा, रसुवामा विद्युत् खपत घटेको छ । आर्थिक वर्ष २०७४÷७५ को तुलनामा आर्थिक वर्ष २०७५÷७६ मा १७ लाख ४२ हजार युनिट विद्युत् घटेको हो ।
नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा १ करोड २६ लाख ३८ हजार युनिट विद्युत् बिक्री भएको थियो । जसबाट एक करोड १५ लाख १३ हजार रुपयाँ रकम सङ्कलन गरेको थियो ।
आर्थिक वर्ष २०७५÷७६ मा १ करोड ८ लाख ९६ हजार युनिट विद्युत् मात्रै बिक्री भएको छ । जसबाट १ करोड २ लाख ७ हजार रुपयाँ सङ्कलन भएको छ । रसुवागढी जलविद्युत् आयोजनाको खपत युनिट घटेकाले जिल्लाको खपत युनिट पनि घटेको केन्द्र प्रमुख कृष्णहरि दाहालले बताउनुभयो । जिल्लामा ८ हजार २ सय १८ ग्राहक रहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











सुशासन र समृद्धिको आकांक्षा सम्बोधन गर्ने बजेट आयो : सञ्चारमन्त्री डा.तिमिल्सिना
सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते





प्रतिक्रिया