पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा
नुवाकाेट । बेलकोटगढी नगरपालिकाका प्रथम नगर प्रमुख तथा नेकपा एमाले नुवाकोटका उपाध्यक्ष राजेन्द्र रमण खनालको निधनप्रति शोक व्यक्त गर्दै बेलकोटगढी नगरपालिकाले एक दिन सार्वजनिक शोक बिदा दिने निर्णय गरेको छ।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार खनालको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्न २०८३ साल भदौ १ गते सोमबार नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू (अत्यावश्यक सेवाबाहेक) तथा नगरपालिका अन्तर्गतका सम्पूर्ण शैक्षिक संस्थाहरूमा एक दिन सार्वजनिक शोक बिदा दिइनेछ।
नगरपालिकाले खनालको निधनले आफूहरूलाई स्तब्ध बनाएको जनाएको छ। स्वास्थ्य लाभको कामना गरिरहेका बेला उनको निधन भएको भन्दै नगर निर्माणमा उनले पु¥याएको मार्गदर्शन र योगदानलाई नगरपालिकाले स्मरण गरेको छ।
नगरपालिकाले खनालको योगदान आफ्नो स्मृतिमा सधैँ जीवित रहने उल्लेख गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ।

खनाल २०७४ सालको स्थानीय तह निर्वाचनमा बेलकोटगढी नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए।
स्वर्गीय खननलकाे आजै पशुपतिमा अन्त्येष्टि गरिएको छ ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा
शिवपुरीको थानाभञ्ज्याङमा बस र विद्युतीय गाडी भीरबाट खस्दा दुईको मृत्यु, तीन घाइते
नुवाकोटको ककनीमा करेन्ट लागेर एक जनाको मृत्यु
जनताले खोजेको परिवर्तन कि नेताहरूको फेरि उही स्ट्यान्डबाजी ?
शिवपुरीमा मोटरसाइकल दुर्घटना, वडाध्यक्षसहित ३ घाइते





प्रतिक्रिया