रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोट । रसुवामा ४३६ थान भेपसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रसुवा आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ घर भएका रविन्द्र श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । श्रेष्ठले चलाई लिई आएको ना ६ ख ८०२७ नम्बरको कन्टेनर डिब्बा गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा कन्टेनर डिब्बाको अगाडी क्याविनको भागमा लुकाई ल्याएको अवस्थामा ४३६ थान भेप फेला परेको हो ।
उनलाई शुक्रवार रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेमा अस्थाइ प्रहरी पोष्ट धुन्चेबाट खटिएको प्रहरीको टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा टिमुरेबाट काठमाडौंतर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

प्रहरीले भेपसहित सहित चालक रविन्द्र श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्ष रमेश रायले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया