पुननिर्माणले नुवाकोट दरवारको स्वरुप फेरिँदै
विदुर खबर
२०७६ साउन १२ गते ७:३०
नुवाकोट, भूकम्प गएको ४ वर्षपछि पुरातात्त्विक सम्पदा साततले दरबारको पुनर्निर्माण सुरु गर्न जस्ता पाताले छोपिएको छ । दरबारको चारैतिरबाट फलामे डन्डी कँसेर जस्ताले दरबार छाइएको हो ।

‘बल्ल दरबारले जुनी फेर्ने भो,’ स्थानीय अर्जुन घिमिरेले भने, ‘ऐतिहासिक धरोहर यो वर्षाले लड्छ कि भन्ने चिन्ता लागेको थियो ।’ नुवाकोट दरबार स्क्वायरमा चीन सरकारको सहायतामा पहिलो चरणको परियोजनाले दरबार पुनर्निर्माण गर्न लागेको हो । ‘पुर्खाको चिनो मासिन्छ भनेर कराउँदा कराउँदा बल्ल थालनी भएको छ,’ स्थानीय सुरेन्द्रकुमार शाहीले भने ।
चार हिउँद र बर्खाले दरबारको पश्चिम मोहडाको छैटौं तलाबाट छानो झरेको छ भने पाँचौं तल्लादेखि गारो भत्किएका छन् । अहिले दरबारलाई फलामे टेको लगाइएको छ । ‘अब दरबारलाई जस्ताले छोपिएको छ,’ स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुन फुँयालले भने, ‘अब भने दरबार लड्दैन । तराईका अग्राख काठ हालेर बनाउने भनेका छन् ।’
दरबारको भत्किएका ठाउँमा प्राविधिकले चिनो लगाउने र जोखिमयुक्त ठाउँमा टेको दिने कार्य गरेका छन् । बर्खा सकिएलगत्तै दरबारको माथिल्लो भागबाट काम सुरु गर्ने कार्यालय प्रमुख फुँयालले बताए । साततले दरबार रेक्ट्रोफिटिङ गरी पुनर्निर्माण गरिने भएको हो ।
त्यसका लागि चिनियाँ प्राविधिक टोली र नेपाली कामदार खटिएका छन् । राजा पृथ्वीनारायण शाहले १८१७ देखि १९ मा ललितपुरबाट कालिगढ झिकाएर दरबार बनाउन लगाएका थिए । सुरुमा नौतले भए पनि ०९० सालको भूकम्पले ७ तल्लामा सीमित भएको बूढापाकाको भनाइ छ । उनीहरू लिच्छविकालीन दरबार भएको दाबी गर्छन् ।
त्यसका लागि चिनियाँ प्राविधिक टोली र नेपाली कामदार खटिएका छन् । राजा पृथ्वीनारायण शाहले १८१७ देखि १९ मा ललितपुरबाट कालिगढ झिकाएर दरबार बनाउन लगाएका थिए । सुरुमा नौतले भए पनि ०९० सालको भूकम्पले ७ तल्लामा सीमित भएको बूढापाकाको भनाइ छ । उनीहरू लिच्छविकालीन दरबार भएको दाबी गर्छन् ।
चीनले भूकम्पले क्षति पुर्याएका नुवाकोटका ७ वटा संरचनाको पुनर्निर्माण गर्दै छ । ती सम्पदामा साततले दरबार, लामपाटी, सेतो पाटी, विष्णु मन्दिर, नारायण मन्दिर, गारद घर, रंगमहल, तुलजा भवानी मन्दिर छन् । विष्णु र नारायण मन्दिरलाई एउटै प्याकेजबाट काम गर्ने भएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको बजेट खर्च निराशाजनक
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
माथिल्लो महभीर जाने सडकको ट्रयाक संचालनमा
प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक काफ्ले





प्रतिक्रिया