Flash News : सुर्यगढीको बगुवामा करेन्ट लागेर एकजनाको मुत्यु
विदुर खबर
२०७६ साउन ४ गते १६:४२
नुवाकोट साउन ४, नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नम्बर ५ बगुवामा करेन्ट लागेर एक जनाको ज्यान मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३५ वर्षिय विष्णु राई रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी राजेश थापाले जानकारी दिए । गाउँकै दिपक गिरिको घरमा ल्याएको केवलको तार बनाउन बिजुलीको पोलमा चढ्दा राईलाई करेन्ट लागेको बताइएको छ ।
करेन्ट लागेर गम्भीर घाईते भएका राईको उपचारको लागि जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको हो । उनको शव अस्पतालमै राखिएको छ । घटनाको थप अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश
देशभर बदली, कोशी–बागमतीमा मध्यम वर्षा र उच्च पहाडमा हिमपातको सम्भावना





प्रतिक्रिया