सवारी दुर्घटनामा परि गत वर्ष नुवाकोटमा ४१ जनाको मृत्यु


नुवाकोट साउन ४, नुवाकोटमा गत आर्थिक वर्षमा सवारी दुर्घटनाका कारण ४१ जनाले ज्यान गुमाएका छन् । जिल्लामा भएका विभिन्न दुर्घटनामा परि उनीहरुको ज्यान गएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख विकल भट्टराईका अनुासर जिल्लामा सवारी दुर्घटनामा ज्यान ३३ पुरुष, ६ महिला, दुईजना बालबालिका रहेका छन । जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गरिएको भए पनि दुर्घटनाको क्रम भने रोकिएको छैन । गत आवमा भएका दुर्घटनामा २७ सवारीसाधन परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमसख भट्टराईले जाकनारी दिए । कार्यालयका प्रमुख भट्टराइका अनुसार गत वर्ष भएका सवारी दुर्घटनामा परी ४५ जना घाइते भएका छन् ।
जिल्लामा भएका सवारी दुर्घटनामध्ये मोटरसाइकल बढी रहेको छ । गत वर्ष जिल्लामा १० मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै ८ ट्रक ३ ओटा टिफर, दुई कार÷जीप र एक÷एक वस,माईक्रो र ट्याकटर दुर्घटनामा परेको कार्यालयको तथ्याङ्कले देखाएको छ ।
यस्तै कार्यालयले गत आवमा २२ हजार ६ सय ५६ सवारी साधनलाई कारवाही गरी एक करोड ५१ लाख २६ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । कारवाहीको सङ्ख्या हेर्ने हो भने जनचेतनाका कारण घट्दै गएको तर दुर्घटना न्यूनीकरण गर्न नसकेको प्रमुख भट्टराईले बताए । बढ्दो सवारीको चाप र साँघुरा सडकका कारण सडकमा बढी सङ्ख्यामा दुर्घटना भएको भट्टराईले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया