क्यान्सर पिडित बालिकाको उपचारको लागि आर्थिक संकलन जारी


फाईल फोटो ।
आदर्श गुभाज,साउदी अरब । लामो समयदेखि क्यान्सर रोगबाट पिडित भएकी कुस्मा नगरपालिका वडा नम्बर ८ की सुश्मिता शर्माको उपचारार्थ साउदी अरबमा आर्थिक संकलन भइरहेको छ ।
नुवाकोट विदुर नगरपालिका वडा नम्बर १३ मा घर भई हाल साउदी अरबमा कार्यरत आदर्श गुभाजु ‘अन्जान’को पहलमा बालिकाको उपचारको लागि आर्थिक संकलन अभियान शुरु भएको हो । हालसम्म बालिकाको उपचारको लागि एक लाख २७ हजार ६ सय ९५ रुपैयाँ संकलन भइसकेको अन्जानले विदुर खबरलाई जानकारी दिए । रोगबाट पिडित बालिका लामो समयदेखि बोनयारो रोगबाट पीडित छिन । हाल उनी भक्तपुर क्यान्सर अस्पतालमा उपचार गरिरहेकी छिन ।
आर्थिक सकलन क्रममा प्रवासि मिलन एकता समाज साउदिबाट ११ हजार ४९ रुपैयाँ, अन्यले व्यत्तिगत सहयोगमार्फत दिएको सहयोग रकम गरि जम्मा १६ हजार ४ सय ३ रुपैयाँ बालिकाकी वुवालाई हस्तान्त्ररण गरिसकिएको छ । त्यस्तै गरेर पर्वत चुवा घर भई हाल साउदी अरबमा कार्यरत श्री कृष्ण गिरि र खुमनाथ पोख्रेलको पहलमा एफ.पि.आइ. कम्पनीबाट ५९ हजार ३ सय एक रुपैयाँ संकलन गरिएको थियो ।
संकलित एक लाख ११ हजार २ सय ९२ रुपैयाँ कुस्मा नगरपालिकाका प्रमुख तथा उप–प्रमुखबाट बालिकाका बुबालाई हस्तान्तरण गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा
रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ





प्रतिक्रिया