स्कटल्यान्डविरुद्ध नेपाल १४९ रनमा समेटियो
२४ फागुन, काठमाडौं । जिम्बाबेमा भइरहेको विश्वकप क्रिकेट छनोट खेलअन्तरगत स्कटल्यान्डविरुद्धको खेलमा नेपाल १४९ रनमा समेटिएको छ । नेपालका लागि कप्तान पारस खड्काले बाहेक अरुले ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन् ।
आफ्नो वरिपरी लगातार विकेट ढलिरहँदा पारसले भने साहसिक प्रत्याक्रमण गरेका थिए । उनले ७५ बलमा १० चौकाका साथ ६३ रन बनाए । पारस बाहेक सोमपाल कामी र रोहित कुमार पौडेलले मात्र दोहोरो अंकमा रन बटुल्न सके ।
पारसलाई राम्रो साथ दिइरहेका सोमपाल भने १८ रनमा दुर्भाग्यपूर्णरुपमा रुपमा रन आउट भएपछि खेलमा पुनरागमन गर्ने नेपालको प्रयास विफल भएको थियो ।
नेपालले दोस्रो ओभरदेखि नै विकेट गुमाउन थालेको थियो । खराब र्फममा रहेका उपकप्तान ज्ञानेन्द्र मल्ल केवल एक रन बनाएर दोस्रो ओभरको पहिलो बलमा सरिफद्वारा बोल्ड भए । उनलाई पछ्याउँदै अर्का ओपनर दिलिप नाथले पनि ह्वीटिङ्घमको बलमा एलबीडब्यू आउट भए ।
मध्यक्रमका भरपर्दा ब्याट्सम्यानहरु दिपेन्द्र सिंह ऐरी र शरद भेषावकर पनि असफल भए । दिपेन्द्रले १ रन बनाए भने शरद शून्यमा पेभिलियन फर्किए । शरद आउट हुँदा नेपाल केवल १४ रनमा चार विकेटको अवस्थामा थियो ।
त्यसपछि आएका आरिफ सेखले पनि अघिल्लो म्याचको प्रदर्शन दोहोर्याउन सकेनन् । जिम्बाबेविरुद्धको अघिल्लो म्याचमा अर्द्धसतक बनाएका उनी आज २ रनमै आउट भए ।
सातौं विकेटका रुपमा आएका सोमपाल कामीले पारसलाई केही समय राम्रो साथ दिए । तर उनी रनआउट भएपछि नेपाललाई ठूलो धक्का लाग्यो । त्योभन्दा पनि ठूलो धक्का त्यतिबेला लाग्यो जब आक्रामक अर्द्धसतक बनाएर खेलिरहेका पारसले आफ्नो विकेट गुमाए । पारस आउट हुँदा नेपाल १ सय रनमा ७ विकेटको अवस्थामा रह्यो ।
पारस आउट भएपछि नेपालको रन गतिमा ब्रेक लागेको थियो । रोहित पौडेल १५ रन बनाए भने बसन्त रेग्मी २४ रनमा नटअाउट रहे ।
स्कटल्यान्डका लागि प्रारम्भिक फास्ट बलर ह्वीटिङ्घमले ३ विकेट लिए । यसैगरी सरिफले २ विकेट लिए ।
यसअघिको म्याचमा स्कटल्यान्डले हङकङलाई ९१ रनमा अलआउट गरेको थियो भने ६ विकेट गुमाएर लक्ष्य हासिल गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया