ढुङ्गेमा करेन्ट लागेर दुई बालक घाईते,उपचारको लागि काठमाण्डौ लगियो
विदुर खबर
२०७६ असार २२ गते १२:२६
नुवाकोट असार २२, विदुर नगरपालिक वडा नम्बर १ ढुङ्गेमा आइतबार साँझ करेन्ट लागेर दुई बालक घाईते भएका छन । ढुङ्गेमा बागवानीमा रहेको क्रियापुत्री बस्ने घरको छतमा खेल्ने क्रममा बालकहरु घाईते भएका छन ।
घाईते हुनेमा ७ बर्षिय सुजन नगरकोटी र ५बर्षिय दमै नगरकोटी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोट प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए । खेलीरहेका बालकहरुले अचानक माथि रहेको एघार हजार भोल्टको तारमा छुँदा उनीहरुलाई करेन्ट लागेको प्रहरी नायव उपरिक्षक थापाले बताए ।
घाइतेमध्ये सुजनको दाहिने खुट्टाको पन्जामा चोट लागेको छ भने दमै नगरकोटीको बाया हात जलेको छ । उनीहरुको त्रिशुली अस्पतालमा सामान्य उपचार पछि काठमाण्डौ लगिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया